8 years ago
June 2, 2017
सबिन शेर्मा
झापा – झापा ७ सरनामती हल्दिबारी गाँउपालिका गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । झापाकै मुनाल फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सरनामती अन्तिम चारमा पुगेको हो ।
यी दुई टोलीबीचको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएको थियो । मुनाका लागि कर्ण लिम्बुले दुई गोल गरे भने सरनमतीका लागि सानुका साम्बाले दुई गोल नै गरे । म्यान अफ दी म्याच घोषित मुनालका कर्णले २ हजार रुपैयाँ प्राप्त गरे ।
जलथल एफसीको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । जेठ २३ गते सम्म चल्ने प्रतियोगिताको दोस्रो टोलीले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आज अन्तिम क्वार्टरफाइनलमा विर्तामोड युनाइटेड र पथरी स्पोर्टिङ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]