8 years ago
June 2, 2017
इङ्ल्यान्ड (एजेन्सी) – प्रिमियर लिगले गत सिजन क्लबलाई दिएको प्रसारण र व्यावसायिक भुक्तानी रकम सार्वजनिक गरेको छ । २०१६ / १७ को लिग बिजेता टोली चेल्सी सबै भन्दा धेरै रकम पाउने क्लब बनेको छ । चेल्सीले जम्मा १५०.८ मिलियन पाउन्ड पाएको छ ।
त्यस्तै यसै सिजन तल्लो डिभिजनमा घटुवा भएका सन्डरल्याण्ड, मिडल्सब्रो र हल सिटीले समान ९३.४ मिलियन पाउन्ड कमाएका छन् । प्रिमियर लिगले पहिलो डिभिजनको २० क्लबलाई जम्मा २.३९८ बिलियन पाउन्ड रकम प्रदान गर्यो ।
यसरी भाग लगाइयो राइट्सको रकम
१. युके टेलेभिजन राइट्सको रकम क्लबहरुलाई भाग लगाउने प्रक्रिया:
क. ५० प्रतिशत दामासाहीमा
ख. २५ प्रतिशत रकम टेलिभिजनमा प्रशारण भएको खेलको आधारमा
ग. २५ प्रतिशत लिगको स्थान हेरेर बाँडियो।
२. अन्तर्राष्ट्रिय टेलिभिजन राइट्सको रकम २० क्लबमा बराबर भाग लगाइयो ।
३. व्यवसायिक भुक्तानीबाट उठेको ९२.५ मिलियन पाउन्ड सबै क्लबमा बराबर भाग लगाइयो ।
कसले कति कमाए ?
क्लब | कमाई (पाउन्डमा) |
चेल्सी | १५०,८११,१८३ |
टोटेनहम | १४५,४६१,३२५ |
म्यानचेस्टर सिटी | १४६,९२७,९६५ |
लिभरपुल | १४६,१२२,४३९ |
आर्सनल | १३९,६३६,४९८ |
म्यानचेस्टर युनाइटेड | १४१,१०३,१३८ |
एभर्टन | १२७,८००,६९९ |
साउथह्याम्प्टन | १२२,४५०,८४१ |
बर्नमाउथ | ११८,२३७,०६६ |
वेस्ट ब्रम | ११४,०२३,२९१ |
वेस्ट ह्याम | ११६,६२६,०१४ |
लेस्टर | ११५,८२०,४८८ |
स्टोक | १०७,०६२,३८१ |
क्रिस्टल प्यालेस | १०९,६६५,१०४ |
स्वान्सी | १०३,१७९,१६३ |
बर्नली | १०१,२३७,५५४ |
वाटफर्ड | १०२,७०४,१९४ |
हल | ९७,३५४,३३६ |
मिडल्सब्रो | ९८,८२०,९७६ |
सन्डरल्यान्ड | ९३,४७१,११८ |
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]