default_image

8 years ago

June 1, 2017

एन्फा र एपी वान टेलिभिजनबीच १ करोड ७५ लाखको प्रायोजन सम्झौता

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही समयअघिबाट प्रसारणमा आएको एपी वान एच डी टेलिभिजनसँग प्रत्यक्ष प्रसारसहित फुटबलको मार्केटिङ र प्रायोजनको आधिकारका लागि बार्षिक १ करोड ७५ लाख रुपैयाँको सम्झौता गरेको छ । एन्फा र एपी वानबीचको सम्झौता तीन बर्षको रहेको बताइएको छ । 

बिहिबार राजधानीमा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र एपि वानका प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एपी वानले अब एन्फाले आयोजना गर्ने प्रतियोगिताहरूको प्रचारप्रसार आफै गर्नेछ भने प्रायोजकहरू पनि आफै खोज्नेछ ।
एन्फाले गराउँने आधिकारिक खेलहरूको प्रत्यक्ष प्रसारण, मार्केटिङ र प्रायोजकको जिम्मा एपी वान टेलिभिजनले लिने छ । एन्फाको स्वीकृतिमा सञ्चालित हुने मोफसलका विभिन्न प्रतियोगितामा सम्झौता नरहेको र एन्फाले वर्षमा कम्तीमा पनि ३० प्रतियोगिता आयोजना गर्न पाउनुपर्ने प्रावधान छ । यस्तै विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आयोजना हुने प्रतियोगितालाई भने एपी वानले प्रत्यक्ष प्रसारण मात्रै गर्न पाउने सम्झौता भएको एन्फा अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
नेपाली फुटबलको लागि सुखद दिन भएको उल्लेख गर्दै श्रेष्ठले एन्फासँग एपी वानलाई जोड्न पाउँदा खुसी महशुस भइरहेको बताए । अध्यक्ष श्रेष्ठले प्रायोजक पाइसकेकाले अब छिट्टै निकै नै चुनौतीपूर्ण रहेको ‘ए’ डिभिजन लिगको मिति तोकिने बताए । २०७२ को फागुनमा राष्ट्रिय लिग भएपनि ‘ए’ डिभिजन लिग नभएको तीनवर्ष बढी भइसकेको छ । अध्यक्ष श्रेष्ठले भने, ‘छिट्टै नै ‘ए’ डिभिजन लिग क्लबका पधाधिकारीसँग बसेर लिगको नयाँ मिति तोक्नेछौं ।’
एपी वानका प्रबन्ध निर्देशक पौडेलले प्रविधि समयानुसार परिवर्तन भएसँगै नेपाली दर्शकहरूको पनि स्वाद परिवर्तन भएकाले नेपाली दर्शकलाई गुणस्तरिय प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन आफुहरू एन्फासँग जोडिएको बताए ।

सम्झौतासँगै नेपाल र यमनबीच आगामी जेठ ३० गते हुने यमन विरुद्धको खेलको प्रत्यक्ष प्रसारण पनि अब एपी वान टेलिभिजनले नै गर्नेछ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.