default_image

8 years ago

June 1, 2017

यमनविरुद्ध हुने खेलको ७०० टिकट मात्र बिक्री गरिने

49 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले आगामी जेठ ३० गते यमन विरुद्ध हुने एसियन कप २०१९ अन्तर्गतको छनोट खेलका लागि ७०० प्रति टिकट मात्र बेच्ने जनाएको छ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ

नेपालले यमन विरुद्धको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको घाँसे मैदानमा खेल्ने कार्यक्रम रहेको छ। नेपाललाई आफ्नो खेल नेपालबाहिर खेल्न दबाव आएपनि एन्फाले कम दर्शक राखेरै भएपनि खेल नेपालमै खेल्ने निर्णय लिएको एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए।

एएफसीले आयोजना गर्ने खेलमा अस्थायी प्याराफिट राख्न नपाइने हुनाले कम दर्शक क्षमतामै चित्त बुझाउनुपर्ने भएको अध्यक्ष श्रेष्ठले बताए।

खेलको प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनबाट हुनेछ।

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]

January 19, 2025

‘कँडेल कप’ फागुन अन्तिम साता

मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]

January 19, 2025

लिभरपुलको‌ जित, आर्सनल रोकियो

एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को‌ बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]

Success

Thank you for your time.