8 years ago
June 1, 2017
काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली जेठ २३ गते भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा प्रशिक्षणरत छ।
जेठ ३० गते यमनविरुद्ध हुने एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोश्रो खेलको तयारीका लागि नेपाली टोलीले भारतको सामना गर्न लागेको हो। मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलका लागि अन्तिम टोलीको घोषणा हुन बाँकी छ। तर नेपाली टोली अन्तिम नामावली सुनाउनु अघिनै चोटको चपेटामा परेको छ।
फिलिपिन्सविरुद्धको खेलमा चोट बोकेका डिफेन्डर रबिन श्रेष्ठ शल्यक्रिया गरेसँगै विश्राममा छन् भने उनको स्थानमा खेल्ने आशा गरिएका डिफेन्डर रंजित धिमाल चोटका कारण प्रशिक्षणबाट घर फर्किएका छन्। विगत एक दशक यता नेपाली राष्ट्रिय टोलीको लेफ्ट ब्याक भूमिका निर्वाह गरेका रबिनको स्थानमा बिचमा केहि समय रंजितले खेलेका थिए। तर, यी दुवै खेलाडीको अनुपस्थितिले अब नेपाली टोलीको लेफ्ट ब्याकको भूमिकामा भने ठुलो संकट परेको छ।
१२औं सागमा नेपालले स्वर्ण पदक जित्दा कप्तान विराज महर्जनले लेफ्ट ब्याकको भूमिका निर्वाह गरेका थिए। तर त्यसयता उनको प्रदर्शन निकै खस्किदै गएको छ। राइट ब्याक बिराजको स्थानमा कमल श्रेष्ठले खेल्दै आएका छन् भने उनलाई वैकल्पिक खेलाडीको रुपमा प्रयोग गरिंदै आएको छ। रबिन र रंजितको अनुपस्थितिमा उनलेनै लेफ्ट ब्याकको भूमिका निर्वाह गर्न सक्नेछन्।
उनको विकल्पमा मान बहादुर तामाङ र बिमल बस्नेत पनि रहेका छन्। मान बहादुरले १२औं सागको फाइनल खेलमा सुरुवात गरेका थिए भने हिमालयन शेर्पाबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। बिमल बस्नेत पनि मनाङबात राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका हुन्। उनलाई वैकल्पिक खेलाडीको रुपमा प्रशिक्षकले प्रयोग गर्न सक्छन।
फिलिपिन्सविरुद्धको खेलमा रोहित चन्दले मिडफिल्डरको भूमिका निभाएका थिए भने अनन्त तामाङ र आदित्य चौधरीले सेन्टर डिफेन्समा खेलेका थिए। यदि प्रशिक्षकले विराज र मान बहादुरलाई नलिएको खण्डमा आदित्यले लेफ्ट डिफेन्सको भूमिका निर्वाह गरेर अनन्त र रोहितको जोडीले डिफेन्समा खेल्ने सम्भावना पनि जिवितै छ। तर विक्रम लामाको अनुपस्थितिसँगै मिडफिल्ड कम्जोर हुने कारणले रोहितको आगमनले मिडफिल्डमा थप सहयोग भने पुग्नेछ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]