default_image

8 years ago

June 1, 2017

बायर्न छोडेर रियल आउनु उत्तम निर्णय – टोनी क्रुस

171 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका भरपर्दा मिडफिल्डर टोनी क्रुसले सन २०१४मा बायर्न म्युनिखको नयाँ करारलाई अस्विकार गर्दै क्लब परिवर्तन गरेको निर्णय उत्तम भएको स्वीकारेका छन्।

२०१४मा पेप गुआर्डीओला प्रशिक्षक हुँदाको समयमा लिग विजेता बनेको बायर्नले क्रुसलाई क्लबमै राख्न प्रयास गरेपनि उनले रियल म्याड्रिड आउने निर्णय लिएका थिए। बायर्नमा रहेर क्लब प्रतिस्पर्धा अन्तर्गत सबै उपाधि जितेका क्रुसले रियलबाट पनि च्याम्पियन्स लिग जितेका छन्। २ भिन्दै क्लबबाट खेल्दै  च्याम्पियन्स लिग जित्ने उनि एकमात्र जर्मन खेलाडी हुन्।

यसै साता हुने फाइनल खेलमा युभेन्टसलाइ पराजित गर्न सकेमा क्रुसले तेश्रो पटक च्याम्पियन्स लिग जित्नेछन्। यससँगै उनले जर्मनीका दिग्गज खेलाडी फ्रान्ज बेकनबाउर, उली होनेस र गर्ड मुलरको रेकर्डको पनि बराबरी गर्नेछन्।

क्रुसले बायर्नले गरेको अनुबन्धनको अनुरोधलाई अस्विकार गर्न आर्थिक कारण पनि हावी रहेको बताए। “मैले सुरुवातमा हाम्रो कुरा मिलेको खण्डमा बायर्नमै बस्ने मनस्थिति बनाएको थिएँ। तर कुरा चल्दै जाँदा मतभिन्नता पनि बढ्दै गयो। आर्थिक पाटो पनि एउटा ठुलो आधार रह्यो। तर, अन्य कुरामापनि सहमति नमिल्दा मैले क्लब छोड्ने निर्णय लिएँ।”

क्रुसले आफु रियलमा खुसि रहेको र सकेसम्म यहीं रहेर आफ्नो खेलजीवनको बिट मर्ने इच्छा रहेको बताए। “म म्याड्रिडमा एकदम खुसि छु। मैले सकेसम्म यहीं रहेर आफ्नो खेल जीवन बिताउने सोच लिएको छु। समयले साथ दिएको खण्डमा त्यो पनि पुरा हुने विश्वास छ।”

उनले आफु कुनै हालतमा बायर्न म्युनिख नफर्कने खुलासा पनि गरे। “मैले बायर्नमा बिताएको ६ वर्षमा थुप्रै उपाधि जितें। तर म अब फेरी जर्मनी गएर खेल्ने मनस्थितिमा छैन। मैले यो पहिला पनि भन्दै आएको कुरा हो। जर्मनीमा बायर्नबाहेक अरु कुनै टोली त्यस स्तरको छैन र म फर्केर बायर्न जान चाहन्न। मेरो लागि म्युनिक र बुन्डेसलिगा दुवै ढोका सदाका लागि बन्द भइसकेको छ।”

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.