default_image

8 years ago

June 1, 2017

म्यानचेस्टरको याद आएपनि करियरको अन्त्य रियलमै गर्ने रोनाल्डोको इच्छा

89 views

0 Bookmark

स्पेन (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझ पनि म्यानचेस्टर युनाइटेडका दिन सम्झिने बताउछन तर आफ्नो करियरको अन्तिम क्षण रियलमा बिताउने प्रतिबद्धता जनाए ।Ronaldo

युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलको लागि तयार रहेका रोनाल्डोलेआफु स्पेनमा खुसि रहेको बताए। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले अझै पनि म्यानचेस्टरमा रहदाँको यादहरु सम्झिने बताउछन  । तर उनले म्यानचेस्टरमा फर्किने कुनै योजना नरहेको खुलासा गरे। स्पेनिस टेलेभिजन ला सेक्स्टासँगको अन्तर्वातामा रोनाल्डोले आफु ४१ वर्षको उमेर सम्म रियलबाटै खेलिरहने इच्छा रहेको बताए ।

“म म्याचेस्टरलाई सम्झन्छु , क्लब र फ्यानसँगको विभिन्न पल सम्झनामा छन् , तर म ४० वर्ष कट्दा सम्म रियल म्याड्रिड छाड्दिन”, रोनाल्डोले भने । ३२ वर्ष पुगेका रोनाल्डोले ४१ वर्षसम्म खेल्ने जनाए ।

उनले पछिल्लो पटक रियलसँग अनुबन्धन हुँदा अझै अर्कोपटक अनुबन्धन गर्ने सोच रहेको खुलाए। “मैले पछिल्लोपटक रियलबाट ५ वर्षे सम्झौता गरे र यसको समाप्तिपछि पुन: अर्को यतिनै लामो अनुबन्धन गरेर त्यसलाई पुरा गर्न चाहन्छु।”

रियल म्याड्रिडआएयता रोनाल्डोले २ लग उपाधि ई=जितिसकेका छन् भने तेश्रो च्याम्पियन्स लिग उपाधि पछ्याइरहेका छन्।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.