8 years ago
May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साबिकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५–१ को फराकिले जित निकालेको हो ।
आर्मीलाई लगातार दोस्रो जित दिलाउन प्रिजन तामाङ, दिनेश योन्जन, दोर्जे तामाङ र रोमन लिम्बुले समान एक–एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो । मनाङका लागि आदित्य शाक्यले एक गोल फर्काए । मनाङविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आर्मीले २० औं मिनेटमा प्रिजनको गोलबाट आर्मीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा उत्कृष्ट खेल पस्केको आर्मीले थप चार गोल गर्दै एक गोल खायो । ६२ औं मिनेटमा दिनेशले आर्मीको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा दोर्जेले थप एक गोल गर्दा आर्मीको अग्रता तेब्बर बन्यो । ७४ औं मिनेटमा मनाङका आदित्यले एक गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । ७५ औं मिनेटमा मनाङका डिफेन्डर राम ढकालले आत्मघाती गोल गरेपछि आर्मीको अग्रता ४–१ मा पुग्यो । ८८ औं मिनेटमा आर्मीका कप्तान सुमन अर्याल दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्मीले अन्तिम समय १० खेलाडीमा खेलेको थियो । तर, इन्जुरी समयमा आर्मीले पेनाल्टीको मौका पायो जसलाई आर्मीका रोमनले गोल गर्दै ५–१ को फराकिलो जित दिलाए ।
लगातार दोस्रो जितसँगै समुह ‘बी’ मा रहेको आर्मीले ६ अंक जोड्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीले पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो । यता लगातार दोस्रो हार बेहोरेको मनाङको क्वाटरफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अंक बिहीन मनाङ पहिलो खेलमा फ्रेन्डस क्लबसँग पराजित भएको थियो ।
यस्तै बुधबारै भएको अर्काे खेलमा झापा–११ लाई पराजित गर्दै सरस्वती युथ क्लबले प्रतियोगितामा पहिलो जित निकालेको छ । सरस्वतीले झापा–११ लाई ३–२ ले पराजित गर्दै सरस्वतीले पहिलो जित निकालेको हो । सरस्वतीलाई जित दिलाउन रोहन थपलिया, दिपक घिसिङ र सुजन श्रेष्ठले समान गोल गरे । झापाका लागि अजय दनुवार र सविन थापा मगरले गोल फर्काए । पहिलो हाफको अन्तिम समयमा रोहनले गोल गर्दै सरस्वतीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४औं मिनेटमा दिपकले गोल गर्दै सरस्वतीको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा सुजनले थप एक गोल गरेपछि सरस्वतीले अग्रत ३–० को बनायो । ७० औं मिनेटमा अजयले एक गोल गर्दै झापालाई खेलमा फर्काउने प्रयास गरे । अतिरिक्त समयमा सविनले एक गोल गरेपनि झापाले खेल ३–२ ले गुमाउन पुग्यो ।
जितसँगै समूह ‘ए’ मा रहेको सरस्वतीले ३ अंक जोड्दै क्वार्टरफाइनल पुगने सम्भावना जीवितै राखेको छ । सरस्वती पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो । झापा–११ पहिलो खेलमा च्यासलसँग बराबरीमा रोकिएको थियो ।
प्रतियोगिता अन्तर्गत बिहिबार लुम्बिनी र हिमालय शेर्पा तथा संकटा र ब्रिगेड व्वाइजबीच खेल हुनेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]