8 years ago
May 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको पहिलो खेलमा कैलाली महिला फुटबल टिमले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित गरेको छ । कैलालीका लागि मनकुमारी चौधरीले ३५र ७९ औं मिनेटमा गोल गरेकी थिईन् भने उदयपुरका लागि सृजना चेम्जोङ्गले ६३ औं मिनेटमा गोल गरेका थिईन् ।
दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सप्तरी महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १५, ४०+१ र ५५, अनिता बस्नेतले २२, ५७ र ६८ तथा जंगा राईले ४७, बिमला गुरुङ्गले ६८, रेखा लिम्बुले ५२ र अनुष्का शेर्पाले ६१ औं मिनेटमा गोल गरेका थिए ।
तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । सिन्धुपाल्चोकका लागि सुस्मा तामाङ्गले २५, ५४ र ८०+२, रुबिना पहाडीले १३ तथा रजनी श्रेष्ठले ३१ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा नवलपरासी महिला फुटबल टिमले ईलाम महिला फुटबल टिम लाई १–० गोलले पराजित गरेको छ । नवलपरासीका लागि हिना रानाले गोल गरेकी थिईन् ।
दोश्रो खेलमा मोरङ्ग महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई २१–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि सुरु लिम्बूले ४,७,१३,२३,४७,५६,५९,६३,६९,७०,७८ र ८० मिनेटमा, मनमाया लिम्बूले २०, २६ र ४८ मिनेटमा, रेश्मा राईले ५३, ५६, ६७ र ७३ मिनेटमा तथा मञ्जु दोङ्गले २९ र ६५ मिनेटमा गोल गरेका थिए ।
तेश्रो खेलमा बारा महिला फुटबल टिमले बर्दिया महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । बाराका लागि निशा गुरुङ्ग, सबिता राना मगर र रिशुनी रुम्बाले एक एक गोल गरेका थिए ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]