default_image

8 years ago

May 31, 2017

वेंगरको आर्सनलसँग अनुबन्धन थपियो

79 views

0 Bookmark

एजेन्सी – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले आफ्नो करार सकिएसँगै क्लबसँग नयाँ अनुबन्धन हुने पक्का भएको छ। सोमबार भएको क्लब मालिक स्टान क्रोएन्केसँगको भेटघाट पछि उनको करार थपिने पक्का भएको हो।

वेंगर सन १९९६मा आर्सनलसँग आवद्ध रहँदै आएका वेंगरको करार यसै सिजन सकिएको थियो। उनको प्रशिक्षणकालमा आर्सनल पहिलो पटक शीर्ष ४ बाट यसै सिजन तल झरेको हो। प्रिमियर लिगमा पाँचौ स्थान हासिल गरेपनि आर्सनलले एफए कप जित्दै समर्थकहरुको मन राख्न सफल रहेको थियो।

वेंगरले २ वर्षको नयाँ करारमा हस्ताक्षर गर्ने बुझिएको छ। यससँगै वेंगर २१ वर्षसम्म आर्सनलको प्रशिक्षक रहने भएका छन्। आर्सनलले बुधबार औपचारिक रुपमा यसको घोषणा गर्ने योजना बनाइरहेको छ।

March 9, 2025

सिटी नटिङ्घमसँग पराजित

एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.