default_image

8 years ago

May 30, 2017

सैनिक हल्दिबार गोल्ड कपको सेमिफाइनलमा

160 views

0 Bookmark

सबिन शेर्मा

झापा – सैनिक फुटबल क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबारको उद्घाटन खेलमा सिताक्षी स्पोर्टिङ एफसीलाई ३–० ले हराउँदै सैनिक अन्तिम चारमा पुगेको हो ।

सैनिकलाई जित दिलाउन समिर कटुवाल, गणेश हेम्रुम र विकास लिम्बुले गोल गरे । सिताक्षीका अरुण श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । झापाको जलथल फुटबल क्लब आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

जेठ २३ गते सम्म चल्ने प्रतियोगिताको दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक खेलको म्यान अफ दी म्याचले २ हजार तथा सर्वाधिक गोलकर्ताले ६ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जानकारी दिएको छ ।

हल्दिबारी गोल्ड कपमा बुधबारको खेल
जलथल फुटबल क्लबविरुद्ध युवा जागृति एफसी,धरान

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.