8 years ago
May 31, 2017
लिभरपुल (एजेन्सी) – इङ्लिश क्लब लिभरपुलले चेल्सीबाट १९ वर्षीय इङ्लिश खेलाडी डोमिनिक सोलान्केलाई आबद्ध गरेको छ । सोलान्के चेल्सीसँगको सम्झौता अन्त्यपछि जुन १ मा आधिकारिक रुपमा लिभरपुलका खेलाडी हुनेछन ।
सम्झौताको अन्त्यपछि खेलाडीलाई आबद्ध गर्दा कुनै रकम तिर्नु नपर्ने भएपनि युवा खेलाडीको हकमा भने क्षतिपूर्ति रकम तिर्नुपर्ने प्रावधान छ। सोलान्केको सम्झौता अन्त्य भएसँगै लिभरपुलले चेल्सीलाई क्षतिपूर्ति रकम तिर्नेछ। क्षतिपूर्ति रकमको निर्णय भने एफएको न्यायाधिकरण कमिटीले तय गर्नेछ। सोलान्के चेल्सीको युथ एकेडेमीका खेलाडी हुन।
विभिन्न उमेर समुहको खेलमा इङ्ल्यान्डलाई प्रतिनिधित्व गर्दौ आएका सोलान्केलाई चेल्सीले स्ट्याम्फर्ड ब्रिजमा थप ३ वर्षको सम्झौतामा राख्न प्रयास गरेपनि उनले नयाँ सम्झौतामा चासो देखाएका थिएनन्।
२०१५ का ‘वर्षको उत्कृष्ट इङ्लिश युवा खेलाडी’ उपाधिबट सम्मानित भएका सोलान्केले चेल्सीबाट डच फुटबल क्लब भिटेससँग १ सिजन लोनमा खेल्दा २५ खेलमा ७ गोल गरेका थिए । सोलान्के हाल इङ्ल्यान्ड यु-२० टोलीसँग उमेर समुहको विश्व कपमा प्रतिस्पर्धा गर्दैछन ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]