default_image

8 years ago

May 31, 2017

माहरेजले गरे लेस्टरसँग क्लब छोड्ने माग

109 views

0 Bookmark

लेस्टर (एजेन्सी) – लेस्टर सिटीका मिडफिल्डर रियाल माहरेजले क्लब छाड्ने निर्णय गर्दै क्लब समक्ष ट्रान्सफरको अनुरोध गरेका छन्। उनले क्लबसामु आफुलाई अर्को स्तरको टोलीमा खेल्न मन लागेकाले यस्तो निर्णय लिनुपरेको बताए।

Mahrez

चार सिजन अघि २०१४ को जनवरीमा लेस्टरसँग आबद्ध भएका माहरेजले लेस्टरलाई प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लेस्टरसँगको लिग जित्दाको अकल्पनीय सिजनमा पनि माहरेजको महत्वपूर्ण भूमिका थियो । उनले क्लबकालागि सबै प्रतियोगितामा ३९ खेल खेल्दै १८ गोल गरेका थिए ।

साबिक बिजेताको रुपमा यस सिजन प्रिमियर लिगमा आफ्नो उपस्थिति जनाएको लेस्टरको निराशाजनक प्रदर्शन पछि माहरेजले आफ्नो निर्णय क्लब समक्ष प्रस्ट गरेका हुन् ।

“क्लब प्रतिको इमान्दारीका कारण मैले गत सिजन क्लबसँगै रहें। तर अब मैले आफ्नो व्यक्तिगत करियर अगाडी बढाउन यो क्लब छोड्ने सहि समय रहेको जानकारी दिएको छु ” , माहरेजले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । “मैले लेस्टरमा चार राम्रो सिजन बिताउन पाएँ। क्लबको ऐतिहासिक सफलतामा साथ दिन पाउँदा मा एकदम खुसि छु। मेरो क्लब र समर्थकसँगको नाता सदा रहने छ र म आशा गर्दछु समर्थकहरुले मेरो निर्णय बुझ्ने छन् । “

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा अर्को जित हासिल गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे। एक गोल भने डार्विन नुनेजको नाममा रह्यो । पाहुना टोलीका लागि विलियम स्मलबोनको नाममा सान्त्वना गोल रह्यो । खेलमा सुरुवाती अग्रता […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

March 8, 2025

पथरी ११ पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]

Success

Thank you for your time.