default_image

8 years ago

May 31, 2017

कासिलासको समर्थन रियललाई, सहानुभूति बुफोनलाई

135 views

0 Bookmark

स्पेन (एजेन्सी)– रियल म्याड्रिडका पूर्व गोलकिपर इकर कासिलासले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडलाई समर्थन गरेपनि युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोन च्याम्पियन्स लिग जित्नुपर्ने खेलाडी रहेको बताएका छन् । 

Casillas and Buffon

‘बुफोन च्याम्पियन्स लिग जित्नुपर्ने खेलाडी हुन्, तर च्याम्पियन्स लिगको फाइनलमा मेरो समर्थन रियललाई हुनेछ’ , रियल र युभेन्ट्स शनिबार हुने च्याम्पियन्स लिगका बारेमा कासिलासले भने ।

कासिलासले बुफोनको खुलेर तारिफ गरे । ‘बुफोनले अहिलेसम्म उच्च प्रदर्शन गर्दै आएका छन् । ३९ बर्षको उमेरमा पनि उनले आफुलाई उत्कृष्ट भएको प्रमाणित गरेका छन्’, उनले भने, ‘ च्याम्पियन्स लिग नजित्दै उनको करियर समाप्त हुँदा खल्लो हुनेछ ।’

‘रियल मेरो टोली हो , त्यसकारण मेरो समर्थन रियललाई हुनेछ,’ करिब २ वर्ष अघि रियलसँगको सम्झौताको अन्त्य पछि पोर्टोसँग आबद्ध रहेका कासिलासले भने, ‘युभेन्टसको रक्षापंक्ति राम्रो छ । अहिले उनीहरुको आक्रमण पनि राम्रो छ,’ उनले थपे, ‘ तर रियल राम्रो टोली हो । क्रिस्टियानो रोनाल्डो राम्रो लयमा रहेकाले रियललाई फाइदा हुनेछ ।’

१६ वर्ष रियलमा बिताउँदा कासिलासले तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

March 9, 2025

सिटी नटिङ्घमसँग पराजित

एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.