9 years ago
October 28, 2015
कप्तान सागर थापा र उपकप्तान सन्दीप राई यी दुवै राष्ट्रिय फुटबल टोलीका सेन्टर डिफेन्डर हुन् । सागर, सन्दीपसहित गोलकिपर रितेश थापा तथा पूर्व खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री म्याच फिक्सिङको आरोपमा अनुसन्धानमा छन् । सागर र सन्दीप नहुँदा राष्ट्रिय फुटबल टोलीमा उनीहरुको ठाँउ अन्य खेलाडीले लिने लगभग पक्का छ । फिक्सिङ अनुसन्धान जारी रहेकाले उनीहरुमाथि एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन गरिसकेको छ । अनुसन्धान प्रक्रिया लम्बिदै गए दुई महिनापछि भारतमा हुने साफ च्याम्पियनसिप फुटबलमा सागर, सन्दीप र वैकल्पिक गोलकिपर रितेश टोलीमा हुने छैनन् । सेन्टर डिफेन्डरमा सम्भावित दाबेदार यस्ता छन् ।|
१. रोहित चन्द
विदेशमै लिग फुटबल खेल्दै आएका रोहित सेन्टर हाफ र सेन्टर डिफेन्सिभ मिडफिल्ड दुबैमा उत्तिकै राम्रो खेल्छन| मछिन्द्रबाट प्रोफेसनल फुटबल सुरु गरेका रोहितले भारतको आई-लिग अन्तर्गत एच.ए.एल. बाट एक सिजन खेले र त्येस्पछी विभिन्न क्लबमा ट्रयाल दिदैं इन्डोनेसिया पुगे| इन्डोनेसियाको फुटबल संघनै फिफाको कारवाहीमा परेपछि क्लबविहिन रहेका रोहित भर्खरै समापन भएको राष्ट्रिय लिगमा मनांग र त्यसपछी थ्रीस्टार बाट खेल्ने हल्ला पनि आएको थियो, तर कुनैपनि क्लबसंग आर्थिक सम्झौता नहुँदा रोहित खाली बसे|
२. अनन्त तामाङ्ग
साफ यु-१९ विजेता टोलीका खम्बा मानिने अनन्तले राष्ट्रिय टोलि बाट भारत विरुद्धको खेलमा डेब्यु गरे| पहिलो खेलमानै मजबुत प्रदर्शन गरेका तामांगले राष्ट्रिय लिगमा सुदुर पश्चिमका लागि खेलेका थिए| लिगमा १३ खेल खेलेका अनन्तले तिन गोल गर्नका साथै तिन खेलमा म्यान अफ द म्याचको उपाधि पनि हात पारे| सुदुरको डिफेन्समा मुख्य भूमिका खेलेका तामांगले लिग अवधिभर जम्मा दुई पहेंलो कार्ड खाए| सागर र सन्दीपको अनुपस्थितिमा अन्तराष्ट्रिय अनुभव पनि बटुलेका अनन्तले राष्ट्रिय टोलीलाई लामै समयसम्म थेग्नेछन्|
३. जितेन्द्र कार्की
राष्ट्रिय लिगमा आर्मी दोश्रो हुँदा लिग अवधिभर जम्मा छ गोल खायो| लिगमा एक मात्र हार ब्येहोरेको आर्मीले सोहि खेलमा सबै भन्दा बढी दुइ गोल खाएको थियो भने उक्त खेलमा आर्मीले गरेको एक मात्र गोल जितेन्द्र कार्कीको थियो| तिन म्यान अफ द म्याच उपाधिसहित लिगको सर्बोत्कृष्ट डीफेन्सको दावेदार कार्की पहिला पनि राष्ट्रिय टोलीको परिसकेका खेलाडी हुन्| न्यु रोड टिम (एन.आर.टि) र मनांग मर्श्याङ्गदीबाट क्लब फुटबल खेलेका जितेन्द्र यो पाली राष्ट्रिय टोलीमा पर्ने मात्र नभएर सुरुवाती रोजाइमा पर्न सक्ने खेलाडी हुन्|
४. देवेन्द्र तामाङ्ग
भर्खरै सम्पन्न राष्ट्रिय लिगका उत्कृष्ट डिफेन्डर देवेन्द्र तामाङ्ग झापाबाट क्लब फुटबल खेल्छन| गत सिजन मछिन्द्रबाट उत्कृष्ट प्रदर्शन गरेपनि हेम गुरुङ्गको छायाँमा परेका देवेन्द्रले यो पाली लिगको सबै १६ खेल खेले र एउटा पनि पहेंलो कार्ड पाएनन्| झापालाई पहिलो सिजनमै राम्रो स्थानमा पुर्याउन ठुलो भूमिका निभाएका देवेन्द्र यु-२३ टोलीका सदस्य थिए| अरु खेलाडीको तुलनामा उनको उचाई केहि कम भएतापनि उनको खेल भने एकदम राम्रो छ|
यी मध्य कुन चाहिं दुई खेलाडीले सेन्टर हाफमा राम्रो प्रदर्शन गर्लान? प्रतिक्रिया दिनुहोस|
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]