8 years ago
May 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लुइस इनरिकेले बार्सिलोनामा तीन बर्षको सफल कार्यकालको अन्त्य गरेसँगै विश्वकै सबैभन्दा चर्चित क्लब मध्येको एकलाई कसले सम्हाल्छ भन्नेमा फुटबल समर्थकबीच कतुहलता थियो ।
केहि समय अघि देखि बार्सिलोनासँग नाम जोडिएका अर्नेस्टो भालभर्देलाई सोमबार नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेपछि समर्थकको कतुहलताको अन्त्य भएको छ । उनले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनालाई सम्हाल्नु अघि भालभर्देले ला लिगाको अर्कोे टोली एथलेटिक बिल्बावोलाई प्रशिक्षण दिएका थिए । एकसाता अघि भालभर्देले बिल्बावोसँगको सम्झौता नविकरण नगर्ने बताएका थिए ।
खेल जीवनमा फरवार्डको रुपमा खेलेका ५३ बर्षे भालभर्देले बार्सिलोनामा दुई सिजन बिताएका थिए । उनले बार्सिलोनाबाट कोपा डेल रे जितेका थिए । उनले क्लबका लागि २२ खेलमा ८ गोल गोल समेत गरेका थिए । बार्सिलोनाबाट एथलेटिक बिल्बावो पुगेर उनले त्यहाँ ६ बर्ष खेलेका थिए ।
खेलाडी जीवनको लामो समय बिल्बावोमा बिताएका भालभर्देलाई प्रशिक्षणमा पहिलो मौका सोही क्लबले दिएको थियो । झन्डै ४ वर्ष बिल्बावोको युवा टोली सम्हालेका भालभर्दे सन् २००१ मा सिनियर टोलीको सहायक प्रशिक्षब नेका थिए । त्यसपछि एक सिजन बिल्बाओको ‘बी’ टोली सम्हालेका उनी २००३ मा सिनियर टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
भालभर्देले इस्प्यानोल , भ्यालेन्सिया , भिल्लारियल र ओलाम्पियाकसलाई पनि प्रशिक्षण दिइसकेका छन् । उनले ओलाम्पियाकससँग तिन पटक ग्रिस फुटबल सुपरलिग तथा २ पटक गरिक फुटबल कप जितेका थिए । उनले २०१५ मा बिल्बावोलाई स्पेनिस सुपर कपको उपाधि दिलाएका थिए ।
सफलताको हिसाबले कतिपय विश्लेषक र समर्थकले उनलाई बार्सिलोनाको प्रशिक्षणका लागि योग्य नभएको टिप्पणी गरेका छन् । यद्दपी ला लिगामा उनको अनुभव २४ पटकको लिग बिजेता बार्सिलोनालाई महत्वपूर्ण हुने अनुमान गर्ने पनि त्यत्तिकै छन् ।
–एजेन्सीको सहयोगमा
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]