default_image

9 years ago

October 27, 2015

एएफसीको निर्णय विरुद्ध एन्फाले अपिल गर्ने

157 views

0 Bookmark

गत महिना किर्गीस्तानमा आयोजित यु१६ च्याम्पियनशिप छनोटमा बढी उमेरको खेलाडी खेलाएको भन्दै ए.एफ.सीले गरेको कारवाही विरुद्ध एन्फाले अपिल गर्ने भएको छ|

Manish Bahadur Karkiगत सेप्टेम्बर महिनामा किर्गिस्तानमा आयोजना भएको ए.एफ.सी यु१६ च्याम्पियनशिपको छनोट चरणमा पाँच उत्कृष्ट उपविजेता मध्य एक हुदैं नेपाल भारतमा हुने भनिएको अन्तिम चरणका लागि छनोट भएको थियो| दुइ जित र एक हार ब्येहोरेको नेपालका तिन खेलाडीको प्रतियोगिता दौरान एम.आर.आई परिक्षण भएको थियो| पहिलो खेलमा कप्तान मनिष कार्की र किपर अर्पण कार्कीको र अन्तिम खेलमा रेजिन सुब्बाको एम.आर.आई परिक्षण भएकोमा मनीषको मात्र उमेर बढी भएको प्रतिबेदन ए.एफ.सीले बुझाएको थियो|

तर, एन्फाका अनुसार सहभागिता जनाउनु अगावै सम्पूर्ण खेलाडीको एम.आर.आई परिक्षण गरेको र सबै खेलाडी १६ वर्ष मुनि भएको पुष्टि भएपश्चात मात्र सहभागिता जनाएको प्रष्ट्याएको छ| एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फाले ए.एफ.सी विरुद्ध अपिल गर्ने बताएका छन्| “हामीले सरकारले जारी गरेको जन्म दर्ता र राहदानी आधार मानेर खेलाडी छनोट गरेको हो| सरकारले जारी गरेको प्रमाणमा प्रश्न उठाउन नमिल्ने हुनाले हामीले आफ्नो ठाउँबाट हुने सम्पूर्ण प्रक्रिया पुरा गरेर सहभागिता जनाएका हौँ|”, तुलाधरले भने|

टिम म्यानेजर मधुसुदन उपाध्यायले बताए अनुसार डाक्टरको सल्लाहमा नौ जना खेलाडीको एम.आर.आई गरिएको थियो| मनीषको पनि एम.आर.आई नेपाल मा गरिएको र उनको उमेर १६ वर्ष मुनि देखिएकोले सहभागी गरिएको उनको जिकिर छ| एम.आर.आई गर्ने क्रममा डिफेन्डर राजन गुरुङमाथि शंका लागेकाले उनलाई नलगेको पनि उपाध्यायले प्रष्ट्याए|

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.