8 years ago
May 29, 2017
लम्जुङ (हाम्रो खेलकुद) – एमएमसी घेर्मुले प्रतिभा खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतिभा युवा क्लब खानी लम्जुङको छैटौं बर्षिक उत्सवका अवसरमा आयोजित प्रतियोगिताको आइतबार भउको फाइनलमा लाली गुराँस तल्लो चिप्तलाई ४–२ ले हराउँदै एमएमसी च्याम्पियन बनेको हो ।
एमएमसीका लागि नरेश घले र सुवास गुरुङले समान २ गोल गरे । लाली गुराँसका लागि गोविन्द्र गुरुङ र जोर्डन गुरुङले गोल गरे । विजेताले उपाधिसहित ४० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा लाली गुराँसका सुरेश गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । आयोजक प्रतिभाका सन्दीप गुरुङ उच्च गोल कर्ता रहे । प्रतियोगितामा स्थानिय २६ टोलीको सहभागिता थियो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]