default_image

8 years ago

May 29, 2017

मनाङको फ्रेन्ड्ससँग हार; एपिएफ पनि विजयी

91 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी बलले जित दर्ता गरेका छन्

फ्रेन्ड्सका रुमेस बर्तौला (७) गोलको खुसि मनाउँदै

रुमेस बर्तौलाले २ गोल गरेपछि फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३-०ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गर्यो पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोश्रो हाफमा फ्रेन्ड्सले आक्रमक फुटबल खेल्दै मनाङलाई हराउन सफल रह्यो दोश्रो हाफको सुरुवातमै रुमेसले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए खेलको ८२औं मिनेटमा क्रसबाट आएको बल क्लियर नहुँदा डी-बक्स भित्र ‘अनमार्क’ रहेको स्थितिमा रुमेसले कुनै गल्ति नगरी टोलीलाई २-०को अग्रता दिलाए ८५औं मिनेटमा धिरज श्रेष्ठले वान भर्सेस वानको स्थितिमा गोल गर्दै टोलीलाई ३-०को जित पक्का गरे

फ्रेन्ड्सका धिरज श्रेष्ठ गोल गर्दै

दिनको पहिलो खेलमा सशस्त्र प्रहरी बलले १ गोलले पछि परेको स्थितिलाइ उल्टाउदै सरस्वति क्लबविरुद्ध ३-२को जित हात पार्यो। पहिलो हाफको अन्तिम समयमा ओम प्रकाश सिंहले गोल गर्दै सरस्वतिलाइ अग्रता दिलाएका थिए। तर दोश्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अजित वाइबाले ६१औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। अजितले ७६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि ओम प्रकाशले ८५औं मिनेटमा पुन: गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। सिद्धार्थ बलले खेलको दोश्रो हदको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि एपीएफको जित पक्का भएको थियो।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.