default_image

8 years ago

May 29, 2017

बार्सिलोनाबाट प्रशिक्षक एन्रिकेको सुखद बिदाई

135 views

0 Bookmark

एजेन्सी – लुइस एन्रिकेले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय उनको व्यक्तिगत मात्र नभएर उक्त निर्णयमा क्लबको सहमति पनि रहेको थियो। सामान्यतया समर्थकहरुले मैदानमा उनको नाम लिंदा उनि शान्त रहन्थे तर कोपा डेल रे फाइनलमा भने उनले दर्शकदिर्घापट्टि फर्केर समर्थकहरुलाई ताली बजाएर धन्यवाद व्यक्त गरे। तीन वर्षको अन्तरालमा बार्सिलोनाले एन्रिकेलाइ धन्यवाद भन्ने थुप्रै मौका पायो र एन्रिकेले आफुले पाएको त्यो मौकालाइ राम्रो सदुपयोग गरे।

एन्रिकेले बार्सिलोनामा बिताएको तीन वर्षमा खेलेको १३ प्रतियोगितामध्य ९ ओटामा उपाधि जितेका थिए। बार्सिलोनाका लागि पप गुआर्डीओला र योहन क्रायफले मात्र यो रेकर्डलाई सुधार गर्न सकेका थिए। अलाभेससँगको अन्तिम कप फाइनलमा उपाधि जितेसँगै एन्रिकेले बार्सिलोनाबाट सुखद बिदाई पाए।

“मलाई आफुले क्लब छाड्नु परेकोमा दुख लागेको छैन; म एकदम खुसि छु। मा आफैंले मेरो लागि विश्राम लिने उत्तम समय आएको थाहा पाएर क्लब छोड्ने निर्णय लिएको हुँ। यो निर्णय मेरो लागि मात्र नभएर क्लब र खेलाडीको लागि पनि उत्तिकै उत्तम समय हो।”

“म यस क्लबमा प्रवेश गरेको दिन कसैले मलाई ३ वर्षको समयमा यति राम्रो प्रदर्शन हुने बताएको भए सायद मा सोच्न बाध्य हुन्थे। तर मैले क्लबबात १००% सहयोग पाएँ र मैले पनि आफ्नो शत प्रतिशत क्लबको लागि दिएको छु। मलाई लाग्छ मैले कुनै औंला उठाउने ठाउँ छाडेको छैन।”

कोपा डेल रेको उपाधि जितेलगत्तै मैदानको घाँसमा टोलीले उपाधि जितेको खुसियाली मनायो। एन्रिके मैदानमा आफ्नो छोरिसँग हाँसखेल गरेको देखिन्थे। यसपछि केहि ठोस योजना नरहेको बताउने एन्रिके केहि समय परिवारसँग बिताउन चाहने बताउँछन्।

March 9, 2025

सिटी नटिङ्घमसँग पराजित

एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.