default_image

8 years ago

May 28, 2017

किरण राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा व्यवसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण चेम्जोङ आज नेपाली फुटबल टोलीको प्रशिक्षणमा सामेल भएका छन् ।

जेठ २३ गते भारतसँग हुने मैत्रीपूर्ण खेल र जेठ ३० गते एएफसी एसियन कप छनोट अन्तर्गत यमनसँगको होम म्याचका लागि स्वदेश फर्केका हुन् । किरण माल्दिभ्सबाट शनिबार काठमाडौं आइपुगेका थिए ।

छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । त्यति बेला मैत्रीपूर्ण खेल विना नेपालले फिलिपिन्सको सामना गरेको थियो । यसपटक भने भारतसँग मैत्रीपूर्ण खेल हुँदैछ ।

‘यो पटक मैत्रीपूर्ण खेल हुन हाम्रो लागि राम्रो हो । यमनसँग खेल्नुअघि भारतसँग खेल्दा केही दिन बाँकी रहन्छ’ किरणले हाम्रो खेलकुद डटकमसँग भने, ‘ मैत्रीपूर्णमा देखिने कमजोरी यमनसँगको खेलअघि सुधार्ने समय मिल्छ । जति खेल खेल्न सक्यो त्यति राम्रो हुने हो ।’ किरणले फिलिपिन्ससँगको खेलमा भन्दा टोलीमा केही फेरबदल हुन सक्ने सम्भावना रहेकाले रक्षापक्तिमा असर पर्न सक्ने संकेत गरे ।

रविन श्रेष्ठ चोटका कारण मैदान बाहिर छन् भने अर्का रक्षक अनन्त तामाङ पूर्ण रुपमा फिट छैनन् । त्यस्तै फिलिपिन्ससँगको रातो कार्डका कारण विक्रम लामा यमनसँग हुने छैनन् ‘रविन छैनन् । अनन्तको अलि अलि समस्या छ । विक्रम छैनन्,किरणले भने, ‘त्यसको असर पर्न सक्छ । यद्दपी एकाध खेलाडी नभएपनि हामी सबै टोलीको स्तरीय प्रदर्शनका लागि प्रयास गर्नेछौं । अन्तिम टोलीको घोषणा पनि हुन बाँकी छ ।’

नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । माल्दिभ्सको घरेलु लिगका विषयमा उनले निकै रोमाञ्चक रहेको सुनाए । ‘ हामी अहिले चौथो स्थानमा छौं । तेस्रो र चौथो टोलीबीच तीब्र प्रतिस्पर्धा छ’, उनले भने, ‘यसमा रोमाञ्चक जति छ दबाब पनि त्यतिकै छ । ’ लिगको ८ खेलपछि किरणको टोली टिसी स्पोर्टसको १४ अंक छ । शीर्षस्थानमा रहेको नाजियाको २१ अंक छ । असार ६ गते हुने लिगको खेलका लागि किरण असार १ गते माल्दिभ्स प्रस्थान गर्नेछन् ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.