8 years ago
May 28, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जारी यू १८ फुटबल प्रतियोगितामा श्रेष्ठले जीवनको अन्तिम समय सम्म नेतृत्व गरेको रुस्लान थ्री स्टार क्लबको सहभागिता छैन । थ्री स्टार सहभागी नहुनुमा क्लबभन्दा बढी एन्फानै बढी जिम्मेवार रहेको देखिएको छ ।
उद्घाटन खेलअघि बल हस्तान्तरण गर्दै स्व. ललितकृष्ण श्रेष्ठकि धर्मपत्नी फोटो:एन्फा
थ्री स्टारले पूर्ववत एउटा शर्त राख्दै खेल्ने प्रतिबद्धतासहितको पत्र वैशाखको सुरुआतमै पठाउँदा पनि एन्फाले क्लबको माग पुरा गरेन र अन्ततः ललित स्मृति फुटबलमा थ्री स्टारको सहभागिता भएन । वैशाख ८ गते नै एन्फाको गल्तिका कारण गत बर्ष क्लबले एएफसी कप दोस्रो चरण खेल्न नपाएको स्मरण गराउँदै थ्री स्टारले माग गर्दै आएको क्षतिपूर्ती प्राप्त नहुँदा सम्म यू १८ प्रतियोगितामा भाग लिन नसक्ने प्रष्ट पारेको थियो । सोही पत्रमा थ्री स्टारले प्रतियोगिता सुरु हुनु २५ दिनअघि विवादित विषय समाधान गरेमा क्लब ललित स्मृतिमा सहभागि हुन अन्यथा बाध्यतावश सहभागी हुन नसक्ने जनाएको थियो ।
थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले आफ्नो अध्यक्षको स्मृतिमा भएको प्रतियोगितामा भाग नलिने प्रतिस्थितिको जिम्मेवार एन्फानै भएको आरोप लगाएका छन् । ‘ छ महिना भन्दा बढी देखि हामी क्षतिपूर्ती माग गर्दै आएका छौं । त्यो क्षतिपूर्ती नपाउन्जेल हामी फुटबलका कुनै पनि प्रतियोगितामा भाग नलिने भनेर यसअघि नै प्रष्ट पारिसकेका थियौं,’ जोशीले भने,‘तर यो बीचमा एन्फाले विवाद समाधानका लागि ठोस कदम चालेन । यो पटक पनि हामीले वैशाख ८ गते नै पत्र पठाएर विवाद समाधान भए खेल्छौं भन्दा पनि एन्फाले समाधान गर्न चाहेन । फुटबल क्लबका लागि यो एकदमै दुःखत विषय हो । ’
एएफसी कपको पहिलो चरण पार गरिसकेको अवस्थामा एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक पत्राचार गर्दा पनि एन्फाको लापरवाहीका कारण थ्री स्टार दोस्रो चरण खेल्न पाएन । एन्फाले त्यसमा आफ्नो गल्ति महसुस गरेपनि क्षेतिपूर्ति दिने विषयमा भने अहिले सम्म सहमति जुटाउन सकेको छैन । थ्री स्टारले ६ करोडको क्षेतिपूर्ति माग गरेको र एन्फा १ करोड रुपैयाँ सम्म दिन तयार भइसकेको बताइएको छ।
ललित स्मृतिको उद्घाटनमा श्रेष्ठकै श्रीमती मुख्य अतिथिका रुपमा सहभागी भएपनि क्लबका कुनै पदाधिकारी पनि उपस्थित रहेनन् । ‘हाम्रा श्रदय अध्यक्षको स्मृतिमा प्रतियोगिता हुने थ्री स्टारले खेल्ने वातावरण नबनाउने अनि हामी चाही उद्घाटनमा जाने भन्ने त्यति व्यवहारिक देखिएन,’ थ्री स्टारका कार्यवहाक अध्यक्ष जोशीले भने,‘ तर एन्फा अझै गम्भिर भए जस्तो देखिन्न । औपचारिकताका लागि छलफलमा बस्ने तर निष्कर्षमा नपु¥याउने । एउटा क्लबका लागि ६ महिना लामो समय हो । हामी कति समय एन्फाको निर्णय कुरेर बस्ने । एन्फाकै कारण गत बर्ष मोसफलका सबै प्रतियोगिता छाढ्नुपर्यो । तर पनि एन्फालाई केही फरक परे जस्तो देखिन्न ।’
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर थ्री स्टारको सहभागिता नहुने दुःखत भएको बताउँछन् । ‘उहाँहरुले लिखित रुपमै हामीलाई जानकारी दिनु भएको थियो । तर, त्यसअनुसार हामीले कारवाही प्रक्रिया अघि बढाउने परिस्थिति थिएन,’ उनी उम्कन खोजे,‘त्यति बेला राष्ट्रिय खेलकुद परिषद (राखेप) मा यो क्षेतिपूर्तिको विषय विचाराधिन थियो । त्यसले पनि हामीलाई निर्णयमा पुग्न दिएन ।’ एन्फाका प्रवक्ता रहेका तुलाधारले एन्फाले एएफसी कपका विषयमा गल्ति भएको पटक पटक स्वीकार गरेको उल्लेख गर्दै भने,‘त्यति हुँदा हुँदै पनि क्लबलाई सहभागि गराउन नसक्दा निकै खल्लो र दुःख लागि रहेको छ ।’ उनले उद्घाटनमा क्लबका पदाधिकारीको सहभागिता नहुनु पनि दुःखत भएको बताए । उनले थपे,‘ निलु भाउजु (स्वर्गिय श्रेष्ठकी श्रीमति) ले रेफ्रीलाई बल हस्तान्तर गर्नुभयो । तर क्लबका कुनै साथीहरु आउनु भएन । त्यसमा अलि खल्लो लाग्यो ।’
२०७२ सालमा करेन्ट लागेर श्रेष्ठको निधन भएको थियो । उनकै स्मृतिमा एन्फाले गत बर्षबाट यू १८ प्रतियोगिता आयोजना थालेको थियो । एन्फामा जारी ललित स्मृतिमा ए डिभिजन टोली र राष्ट्रिय लिग खेल्ने टोलीमध्ये थ्री स्टार र मच्छिन्द्रबाहेक सबै क्लबको सहभागिता छ ।
थ्रीस्टार क्लबले एन्फालाई पठाएको पत्र
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]