default_image

8 years ago

May 28, 2017

कासिलास लिभरपुल आउन सक्ने

108 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – रियल म्याड्रिडका पूर्व गोल किपर इकर कासिलास आउदो सिजन लिभरपुलबाट खेल्न सक्ने सम्भावना देखिएको छ । रियल म्याड्रिडबाट दुई वर्ष पहिले पोर्चुगलको पोर्टोबाट खेल्दै आएका कासिलास नयाँ चुनौतीको खोजीमा रहेका छन्।

Casillas

लिभरपुलका गोलरक्षक सिमोन मिग्नोलेटले ‘द लिभरपुल इको’ सँगको अन्तर्वातामा आफुले कासिलास लिभरपुल आउन सक्ने हल्ला सुनेको बताएका छन् ।

‘मैले इकर कासिलास र जो हार्ट लगायतका खेलाडी लिभरपुलसँग जोडिन सक्ने सम्भावनाको हल्ला सुनेको छु तर म लिभरपुलमा पहिलो रोजाईको गोलरक्षकको रुपमा प्रमाणित गर्न योग्य छु । ‘ , मिग्नोलेटले भने । ‘अघिल्लो ७ महिनामा मेरो प्रदर्शनले आत्मविश्वास बढाएको छ , त्यसैले म जो सँग पनि प्रतिस्पर्धा गर्न तयार छु ‘ , उनले थपे ।

हाल सिजनको अन्त्यपछि पोर्टोमा सम्झौता सकिएपछि कासिलास फ्रि एजेन्ट बनेसँगै उनलाई विभिन्न विकल्पहरूको बाटो खुल्नेछन ।

March 9, 2025

सिटी नटिङ्घमसँग पराजित

एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे । विलियमले […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.