default_image

8 years ago

May 28, 2017

संकटासँग मोरङको हार

84 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ अन्तर्गत आइतबार भएको दोश्रो खेलमा सिएजी क्लब संकटाले मोरङ फुटबल क्लबलाई २-०ले पराजित गरेको छ।

खेलको १०औं मिनेटमा प्रदिप बोगटीको गोलसँगै खेलमा अगाडी बढेको थियो। गोलरक्षक तेन्जिङ छिरिङ बल रोक्न अगाडी बढेको अवस्थामा उनले डिफेन्सलाई उत्कृष्ट ढंगले बिट गर्दै गोल गरेका थिए। खेलमा संकटाले आक्रमक फुटबल खेलेको थियो। खेलको ४१औं मिनेटमा कप्तान सकल रेग्मीले रातो कार्ड पाएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो।

संकटाका लागि प्रदिप बोगटीले ६५औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल संकटाले २-०ले जित्दै ३ अंक हासिल गर्यो।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.