8 years ago
May 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटि)लाई पराजित गर्दै जगदम्बा लुम्बिनी फुटबल क्लबले ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। जित हात पार्दै ३ अंक जोडेको लुम्बिनीले दुवै हाफमा १/१ गोल गरेको थियो।
पछिल्लो संस्करणको उपविजेता टोली लुम्बिनीले खेलको २६औं मिनेटमा अजित थापा गोलसँगै अग्रता लिएको थियो। एनआरटिमाथि खेलभर हावी रहेको लुम्बीनीले पटक पटक आक्रमणको जालो बुनेपनी गोलरक्षक सन्देश गुरुङ त्यसको बाधक बनेका थिए। पछिल्लो संस्करणमा लुम्बिनीकै जर्सी पहिरिएका सन्देश यो पटक भने कप्तान अशोक थापासँगै एनआरटिमा होमिएका छन्।
दोश्रो हाफको ६५औं मिनेटमा अनुप गुरुङले लुम्बिनीको अग्रता दोब्बर पारेका थिए। विङ्सबाट आएको क्रसमा हेडरमार्फत गोल गर्दै अनुपले लुम्बिनीलाई जित दिलाएका थिए।
खेलपछि लुम्बिनीका प्रशिक्षक विकास गुरुङले टोली फाइनलमा पुग्ने लक्ष्य लिएर उत्रेको बताए। “यो प्रतियोगिता मोफसलको टोलीहरुका लागि अनुभव बटुल्ने मौका रहेकोले त्यसको भरपुर उपयोग गर्नेछौँ। हामीले ८ जना खेलाडीलाइ पहिलोपटक जिल्ला बाहिर ल्याएर खेलाएका थियौं, त्यसैले उनीहरु केहि हतास देखिएका थिए।”
पराजित टोलीका प्रशिक्षक महेश्र्वर मुल्मीले कम तयारी र खेलाडीहरुबीच तालमेल नमिल्दा पराजय भोगेको बताए। “हामीले टुडिखेलमा २ साता प्रशिक्षण गरेर टोली तयार पारेका हौँ। हाम्रो लागि यस प्रतियोगिता सहभागितामा मात्र सिमित रहनेछ।”
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]