8 years ago
May 28, 2017
सबिन शेर्मा
झापा – झापाको जलथल फुटबल क्लब आयोजनामा मंगलबारबाट प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । जसमा आयोजक जलथल, युवा जागृति एफसी धरान, विर्तामोड युनाइटेड, पथरी स्पोर्टिङ मोरङ, सताक्षी स्पोर्टिङ एफसी, सैनिक युथ क्लब, मुनाल एफसी र झापा ७ शर्नामति छन् ।
मंगलबार उद्घाटन खेल सताक्षी र सैनिक युथबीच हुनेछ । जेठ २३ गते सम्म चल्ने प्रतियोगिताको दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले २ हजार तथा सर्वाधिक गोलकर्ताले ६ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जानकारी दिएको छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]