default_image

8 years ago

May 28, 2017

च्याम्पियन्स लिग फाइनलमा बेल उपलब्ध हुने

82 views

0 Bookmark

एजेन्सी – आउँदो जुन ३ तारिखका दिन हुने च्याम्पियन्स लिगको फाइनल खेलका लागि रियल म्याड्रिडका स्टार विङ्गर ग्यारेथ बेल उपलब्ध हुने भएका छन्। गत महिना बार्सिलोनाविरुद्धको खेलमा चोट बोकेपछि उनि विश्राममा रहेका थिए।

२७ वर्षीय वेल्स खेलाडी बेल टोलीको प्रशिक्षणमा सामेल भएका छन् र उनले प्रशिक्षकले चाहेको खण्डमा युभेन्टसविरुद्धको खेलमा सुरुवात गर्नेछन्। बेलको अनुपस्थितिमा इस्कोले म्याड्रिडका लागि राम्रो प्रदर्शन गर्दै आएकाले प्रशिक्षक जिदानलाइ टोली छनोटको बेला टाउको दुखाई बन्ने पक्का छ।

बेलको घरेलु मैदान कार्डिफमा हुने फाइनल खेलका लागि उनि उत्साहित रहेको बताउँदै आएका थिए। कार्डिफमै जन्मिएका बेलले आफु प्रशिक्षणमा फर्किएको र सबैको ध्यान अब फाइनल खेलमा केन्द्रित रहको ट्वीटमार्फत बताएका छन्।

अविक विजेता रियल इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि लगातार जित्ने दाउमा छ भने  युभेन्टस रियलको एकछत्र राजलाई तोड्ने सुरमा हुनेछ। दुवैटोलीले आफ्नो घरेलु लिगको उपाधि जितेका हुन्। युभेन्टस च्याम्पियन्स लिग जितेर तेहेरो उपाधि पुरा गर्ने दाउमा हुनेछ।

March 9, 2025

सिटी नटिङ्घमसँग पराजित

एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.