8 years ago
May 28, 2017
एजेन्सी – कोपा डेल रे को फाइनल जिते लगतै बार्सिलोनाले रियल म्याड्रिडसँग यसै सिजनको सुरुवातमा तिन खेल खेल्ने पक्का भएको छ ।
मायमीको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गतको मैत्रीपुर्ण खेलमा जुन २९ मा आमने सामने हुने भएका यी दुइ क्लब बार्सिलोनाले कोपा डेल रे जिते लगतै स्पेनिस सुपर कोपामा थप दुइ पटक भेट्ने पक्का भएको हो । दुइ लेगमा हुने सुपरकोपामा एल क्लासिकोको मजा समर्थकहरुले लिन सक्नेछन् ।
अघिल्लो पटक बार्सिलोना र रियल म्याड्रिड सुपर कपमा आमने सामने हुदा रियलले उपाधि अवे गोलको आधारमा जितेको थियो । बार्सिलोनाको घरेलु मैदानमा ३-२ ले पछि परेको रियलले आफ्नो घरेलु मैदानमा २-१ ले बिजयी हुदै सुपरकोपा आफ्नो नाम गरेको थियो ।
रियल लिग विजेताको हैसियतले सुपरकोपा खेल्दैछ भने बार्सिलोना कोपा डेल रेको विजेताको रुपमा यस खेलमा सहभागी हुनेछ।
March 9, 2025
एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा अर्को जित हासिल गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे। एक गोल भने डार्विन नुनेजको नाममा रह्यो । पाहुना टोलीका लागि विलियम स्मलबोनको नाममा सान्त्वना गोल रह्यो । खेलमा सुरुवाती अग्रता […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]