default_image

8 years ago

May 28, 2017

आर्सनललाई एफए कप उपाधि

110 views

0 Bookmark

एजेन्सी – १० खेलाडीमा सिमित चेल्सीलाई २-१ले पराजित गर्दै आर्सनलले यस सिजनको एफए कपको उपाधि जितेको छ। आर्सनलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक आर्सेन वेंगरले ऐतिहासिक सातौं एफए कप जितेका हुन्।

खेलको चौथो मिनेटमा एलेक्सिस स्यान्चेजले गोल गर्दै आर्सनललाइ अग्रता दिलाएका थिए। सुरुवाती गोलले दबावमा पारेको चेल्सीले पहिलो हाफमा कुनै मौका बनाउन सकेन। दोश्रो हाफको ६८औं मिनेटमा चेल्सीका भीक्टर मोसेस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाहिर निस्केपछि चेल्सी थप दबावमा पारेको थियो। तर, ७६औं मिनेटमा विलियनको पासलाई सदुपयोग गर्दै डिएगो कोष्टाले चेल्सीका लागि बराबरी गोल गरे।

चेल्सीले बरब्रो गोल फर्काएको तीन मिनेट नबित्दै आर्सनलले खेलमा पुन: अग्रता लिएको थियो। ओलिभिएर जिरुडको पासमा आरोन राम्जीले गोल गर्दै आर्सनललाई उपाधितर्फ डोर्याएका थिए। यो जित सँगै आर्सनलले चेल्सीलाई २००३/०४पछि पहिलो पटक एकै सिजनमा दुई पटक पराजित गरेको हो।

उपाधिविहिन रहने खतरा रहेको आर्सनल यस जितसँगै सिजनको सुखद अन्त्य गर्न सफल रहेको छ।

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

March 8, 2025

पथरी ११ पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]

March 8, 2025

आयोजक बुट्टाबारी फाइनलमा

हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]

Success

Thank you for your time.