8 years ago
May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – दोश्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा फ्रिकिक मार्फत गोल भएपछि ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा च्यासल युवा क्लबले रमपम झापा एघार फुटबल क्लबलाई १-१को बराबरीमा रोकेको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा एघार फुटबल क्लब र च्यासल युवा क्लबले १-१को बराबरी खेलेका थिए। खेलको ३१औं मिनेटमा दिशान्त राईले झापाको लागि गोल गरेका थिए। राईले दि-बक्सको दायाँ पट्टिबाट गरेको प्रहार च्यासलका गोलरक्षक अभिषेक बरालको हातमा लाग्दै टप कर्नरमा छिरेको थियो।
जितबाट केहि सेकेण्डमात्र टाढा रहेको अवस्थामा च्यासलले बराबरी गोल गरेपछि झापाले अंक बाँड्नु परेको थियो। च्यासलका मिङमा तेन्जिङले बक्सको ठिक बाहिर पाएको फ्रिकिकलाई गोलपोष्टको दायाँ कुनामा उत्कृष्ट ढंगबाट गोल गर्दै च्यासलको लागि १ अंक जुराएका थिए।
च्यासलका प्रशिक्षक थमन भुसालले तयारीको लागी समय कम भएकाले टोलीलाई सेट हुन गार्हो भएको प्रतिक्रिया दिए। यसैगरी झापाका प्रशिक्षक प्रवेश कटुवालले हिजोमात्र आइपुगेको टोलीले आज सिधै मैदानमा खेल्दा केहि असहज भएको बताए।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]