8 years ago
May 27, 2017
एजेन्सी – फर्ब्सको सर्वाधिक कमाउने फुटबलरको सूचीमा पुनः रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा रहेका छन् । फर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोले लियोन मेस्सीलाई उछिन्दै पहिलो स्थानमा रहेका छन् ।
उनको कमाई ९३ मिलियन डलर रहेको छ । त्यस्तै ला लिगाको सर्वाधिक गोलककर्ता मेस्सीले ८० मिलियन डलर कमाउछन् । बार्सिलोनाका नेइमार सर्वाधिक कमाउनेको सूचीमा तेस्रो स्थानमा तथा रियलका ग्यारेथ बेल चौथो स्थानमा छन् ।
ला लिगाको हावी रहेको सूचीमा म्यानचेस्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिच पाँचौ स्थानमा छन् ।
शीर्ष पाचँको सूची यस्तो छ
१. रोनाल्डो – ९३ मिलियन डलर
२. मेस्सी – ८० मिलियन डलर
३. नेइमार – ३७ मिलियन डलर
४. बेल – ३४ मिलियन डलर
५. इभ्राहिमोभिच– ३२ मिलियन डलर
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]