default_image

8 years ago

May 27, 2017

कोपा डेल रेमा प्रतिबन्धित स्वारेजले उरुग्वेको खेल पनि गुमाउने

93 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – एटलेटिको म्याड्रिडसँगको सेमिफाइनलमा रातो कार्डको दर्शन गरेका कारण लुइस स्वारेजले आज हुने कोपा डेल रेको फाइनल गुमाउने छन् । स्वारेजले उरुग्वेबाट आयरल्यान्ड र इटालीसँगको खेल पनि गुमाउने भएको छन् ।

Suarez

बार्सिलोनासँग प्रशिक्षणको क्रममा चोट बोक्दै स्वारेजले कम्तिमा १५ दिन मैदान बाहिर रहनु पर्ने भएकाले उनले राष्ट्रिय टोलीको खेल गुमाउने भएका छन् । शुक्रबार प्रशिक्षणमा स्वारेजलाई हेमस्ट्रिंङ समस्या भएको छ ।

उरुग्वे फुटबल संघले विज्ञप्ती जारी गर्दै स्वारेजले जुन ४ मा आयरल्यान्ड र ७ मा इटालीसँगको खेल नखेल्ने उल्लेख गरेको छ ।

लिभरपुलबाट बार्सिलोना पुगेका स्वारेजे यो सिजन ३१ गोल गर्दै ला लिगामा आफ्नै टोलीका लियोनल मेस्सी पछिका सबै भन्दा बढी गोल गर्ने खेलाडी हुन् ।

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

March 8, 2025

पथरी ११ पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]

March 8, 2025

आयोजक बुट्टाबारी फाइनलमा

हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]

Success

Thank you for your time.