8 years ago
May 27, 2017
एजेन्सी – स्पेनिस ला लिगामा दोश्रो स्थान हासिल गरेसँगै बार्सिलोनाको यस सिजनको उपाधि जित्ने अन्तिम आशा कोपा डेल रेमा अडिएको छ। आज हुने फाइनल खेलमा उसले उपाधिको लागि आलाभेसको सामना गर्दैछ।
बार्सिलोनाको लागि फाइनल खेलमा लुइस सुआरेज र सर्जी रोबर्टो उपलब्ध हुनेछैनन्। दुवै खेलाडी यस खेलका लागि प्रतिबन्धित रहेका छन्। चोटका कारण राफिन्हा पनि विश्राममा रहेकाले मास्सेरानोले राइट ब्याकको भूमिका निर्वाह गर्ने सम्भावना रहेको छ। सुआरेजको अनुपस्थितिमा पाको अल्कासेरले आक्रमणमा साथ दिनेछन्।
कोपा डेल रे अन्तर्गत पछिल्लो २६ खेलमध्य २५ खेलमा अपराजित रहेको बार्सिलोना उपाधिको प्रबल दाबेदार हो। बार्सिलोनाले यी दुई टोली बिचको पछिल्ला ७ मध्ये ६ खेलमा जित हात पारेको छ। अलाभेसपनि कोपा डेल रेको पछिल्ला ८ खेलमा अपराजित रहँदै आएको छ।
यी दुई टोलीबिचको पछिल्लो खेलमा अलाभेसले बार्सिलोनालाइ क्याम्प नोउमा २-१ले पराजित गरेको थियो। यस खेल प्रशिक्षक लुइस एन्रिकेको बार्सिलोनाको लागि अन्तिम खेल भएकाले पनि खेलाडीहरु उनलाई सुखद बिदाई दिनका लागि आतुर छन्।
March 9, 2025
एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा अर्को जित हासिल गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे। एक गोल भने डार्विन नुनेजको नाममा रह्यो । पाहुना टोलीका लागि विलियम स्मलबोनको नाममा सान्त्वना गोल रह्यो । खेलमा सुरुवाती अग्रता […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]