8 years ago
May 27, 2017
एजेन्सी – दुई लन्डन टोली चेल्सी र आर्सनल सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेलमा एफ ए कप उपाधिको लागि आमनेसामने हुँदैछन्। लिग उपाधि जितिसकेको चेल्सी दोहोरो उपाधिसँगै सिजन अन्त्य गर्ने धुनमा छ भने २० वर्षपछि च्याम्पियन्स लिगमा पुग्न असफल रहेको आर्सनल सिजनलाई सुखद अन्त्य दिने सुरमा हुनेछ।
चोटका कारण ग्याब्रिएल पाउलिस्टा विश्राममा रहेको र लौरेंट कोसिएलनी प्रतिबन्धका कारण अनुपस्थित रहेका कारण आर्सनललाई डिफेन्समा केहि समस्या हुन सक्छ। सान्टि कजोर्ला, किरन गिब्स, एल्क्स अक्सलेड च्याम्बर्लिन लगायतका खेलाडी पनि चोटका कारण खेलमा उपस्थित हुनेछैनन्। प्रशिक्षक आर्सेन वेंगरले गोलरक्षकको भूमिका डेविड ओस्पिनाले निभाउने खुलासा गरिसकेका छन्।
उता भर्खरै प्रिमियर लिग उपाधि जितेको चेल्सीका भने सबै खेलाडी फिट छन्। क्लब कप्तान जोन टेरीको अन्तिम खेललाई सुखद बनाउन क्लब तत्पर रहेको प्रशिक्षकले बताएका छन्।
यी दुई टोलीबीच भएको पछिल्ला २ खेलमा दुवैले १-१ जित हात पारेका छन्। आर्सनलले घरेलु मैदानमा चेल्सीलाइ पराजित गरेसँगै कोन्टेले नयाँ पद्दति अपनाएका थिए। त्यसै पद्दतिमा आधारित रहेर चेल्सीले सिजनका बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो।
खेल नेपाली समयानुसार रातको १०:१५ बजे सुरु हुनेछ।
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]
March 8, 2025
हिमाल खरेल,बिर्तामोड इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टोली तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा रेड हर्स एफसीलाई ३-० ले हराउँदै आयोजक बुट्टाबारी युनाइटेड क्लब उपाधिनजिक पुगेको हो । आयोजक टोलीले खेलको सुरुवातमै दुई गोल गरेको थियो भने एक गोल […]