8 years ago
May 27, 2017
रोम (एजेन्सी)– फ्रान्सिको टोट्टीले इटालियन क्लब रोमासँगको लामो यात्राको अन्त्य गर्दैछन् । अर्को तिर उनै टोट्टीसँग कुनै बेला खेल्ने अवसर जुरेको रियल म्याड्रिडका पूर्व स्टार डेभिड ब्याकह्यामले बताएका छन् । उनले पुरानो प्रसंग स्मरण गर्दै टोट्टीले आफुलाई रोमामा खेल्न राजी गराइ सकेको बताए ।
टोट्टी आइतबार रोमाबाट अन्तिम पटक उत्रने तयारीमा छन् । इटालियन सिरि एमा रोमाले यो सिजनको अन्तिम खेल जेनोआसँग खेल्दैछ । सिजनको अन्त्यसँगै रोमा छाड्ने र नयाँ चुनौतिमा निस्कने यसअघि नै घोषणा गरिसकेका छन् ।
४० बर्षे टोट्टी टोलीले झन्डै २५ बर्ष लामो रोमाको पहिलो टोलीमा बिताए । म्यानचेस्टर युनाइटेड र रियलका पूर्व स्टार अमेरिकाको एलए ग्यालेक्सीमा भएको समयमा रोमाबाट खेल्न तयार भएको खुलासा गरेका छन् ।
‘म अमेरिका हुँदा रोमामा आवद्ध हुने अवसर मिलेको थियो ’ बेकह्यामले रोमाको वेबसाइटलाई भनेका छन्,‘ त्यसको मुख्य कारण फ्रान्सिस्कोसँगको निकटता तै थियो । उनीसँग त्यो टोलीबाट खेल्न पाउनु विशेष हुने थियो । तर वास्तवमा उनका विरुद्ध मैदानमा उत्रनु झनै बिशेष रहेको थियो । ’
टोट्टी सम्मिलित रोमाले एकपटक सिरिएको उपाधि जित्यो भने ८ पटक दोश्रो स्थानमा रह्यो । दुई पटक इटालियन कप जितेका टोट्टी इटालीले सन् २००६ को विश्व कप जित्दा टोलीमा थिए । त्यस्तै उनी सम्मिलित इटाली युरो २००० को फाइनल पुगेको थियो ।
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]