9 years ago
October 26, 2015
किर्गीस्तानमा भएको ए.एफ.सी. यु-१६ च्याम्पियनशिपको छनोटमा १६ वर्ष भन्दा बढी उमेर भएको खेलाडी मैदानमा उतारेको ए.एफ.सीले उदृत गरेको छ|
किर्गीस्तान्मा खेलिएको तिनै खेलमा नेपालको टोलीमा १६ वर्ष माथिका खेलाडी भएको भन्दै तिन ओटै खेलमा नेपाललाई ३-०को हार का साथै प्रत्येक खेलमा १५०० अमेरिकी डलर जरिवाना पनि तोकेको छ| नेपाल समुहको उपविजेता बन्दै पांच उत्कृष्ट उपविजेता मध्य छनोट भएर दोश्रो चरणमा पुग्न सफल रहेको थियो| तर ए.एफ.सिको यो निर्णय संगै नेपाल प्रतियोगिता बाटै बाहिरिएको छ|
प्रतियोगिता बाट निष्कासित हुनासंगै नेपालले १४,५०० अमेरिकी डलर पनि जरिवाना स्वरुप तिर्नुपर्ने बताइएको छ| ए.एफ.सी.को नियम अनुसार प्रतियोगितामा तोकिएको उमेर भन्दा बढी उमेर खेलाउने टोलीले ३-०को हार र आर्थिक जरिवाना तिर्नुपर्ने प्रावधान छ| यससंगै नेपाललाई आगामी दिनहरुमा यस्तो घटना दोहोरिएमा सख्त कारवाही गरिने र आउने दिनहरुमा उमेर समूह प्रतियोगितामा भाग लिन नपाउने सक्ने पनि बताएको छ|
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]