default_image

8 years ago

May 26, 2017

एन्फा महिला लिग च्याम्पियनसिप हुने

75 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा २८ जिल्ला सम्मिलित एन्फा महिला लिग च्याम्पियनसिप २०७४ यहि जेठ १६ गतेबाट सुरु हुने भएको छ। सन् २०१८मा आयोजना हुने साफ महिला च्याम्पियनसिपलाई लक्षित गर्दै राष्ट्रिय टोलीको तयारीलाई थप सुदृढ पर्ने उदेश्यका साथ एन्फाले ल्याएको यस कार्यक्रम लिग कम नकआउट पद्दतिमा खेलाइने जानकारी दिइयो। यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबललाई वर्षैभरि व्यस्त राख्ने उद्धेश्यले नयाँ संरचनाबाट महिला लिग फुटबल आयोजना गर्ने तयारी थालेको छ ।

जेठ १६ गतेबाट सुरु हुने यस प्रतियोगिताका खेलहरु पाल्पा र स्याङ्जामा खेलिनेछ। उक्त प्रतियोगितामा एन्फासँग आबद्ध विभिन्न २८ जिल्लालाई कुल ८ समुहमा विभाजन गरेर  च्याम्पियनसिपका ४ समुहगत खेल पाल्पामा र बाँकी ४ स्याङ्जामा खेलाइनेछ।  हरेक समूहमा शीर्ष एक टोलीले मात्र क्वार्टरफाइनलमा प्रवेश पाउनेछ । प्रतियोगिताको फाइनल खेल जेठ २७ गते पाल्पामा खेलिनेछ।

उक्त प्रतियोगितामा राष्ट्रिय टोलीमा रहेका २० खेलाडीहरु मध्येबाट एक टिमले बढीमा दुई जना तथा तीन विभागीय टोलीमा रहेका तर, राष्ट्रिय टिममा नरेहका खेलाडीहरु मध्येबाट पनि बढीमा तीनजना खेलाडीलाई तीनै विभागले स्वीकृति दिई खेलाउन पाउने प्रावधान राखिएको छ ।

उक्त प्रतियोगिताबाट ३० जना उत्कृष्ट खेलाडी छनोट गरी तीन विभागका टिमलाई १०–१० खेलाडीका दरले दुई महिनासम्म विभागमा प्रशिक्षण गराउने व्यवस्था गरिएको छ । प्रशिक्षण दौरान उतकृष्ट खेलाडीहरु निस्किए विभागले राख्न पाउने पनि प्रावधान राखिएको छ । यस्तै तीन विभागको दुई टिम बनाई काठमाडौंमा पहलिोपटक महिला राष्ट्रपति कप लिग खेलाउने एन्फाको योजना छ । त्यही लिगबाट छानिएका खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी गराए ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टोलीले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान जनही १५–१५ हजार प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ६३ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ । प्रतियोगितालाई कुनै प्रायोजक नरहेपनि फिफा र एएफसीबाट महिला फुटबल बिकासका लागि आएको रकमबाट प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी गराए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.