8 years ago
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा गतवर्ष देखि हुँदै आएको ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको दोश्रो संस्करण भोलिबाट सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एन्फाले आज एक कार्यक्रमबीच जानकारी दिएको छ।
१६ ‘ए’ डिभिजन र राष्ट्रिय लिग टोलीले भाग लिने यस प्रतियोगितामा ४ समूहमा टोलीलाई विभाजन गरिएको छ। दुइ ‘ए’ डिभिजन क्लब थ्री स्टार र मछिन्द्रले भने यस प्रतियोगितामा सहभागिता जनाउने छैनन्। भोलीदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल स्वर्गीय ललितकृष्ण श्रेष्ठको वार्षिक पुण्यतिथिका दिन जेठ २९ गते हुनेछ।
रुस्लान थ्री स्टार क्लबका अध्यक्ष एवं एन्फाका कार्यवाहक अध्यक्ष रहेका ललित कृष्ण श्रेष्ठको स्मृतिमा योजना गरिंदै आएको प्रतियोगिताको यो दोश्रो संस्करण हो। गतवर्ष आयोजना भएको पहिलो संस्करणमा आर्मीले जगदम्बा लुम्बिनीलाइ फाइनलमा पराजित गरेको थियो।
भोलि १२:३० बजे हुने उदघाटन खेलमा रमपम झापा एघारले च्यासल युवा क्लबको सामना गर्नेछ भने २:३० बजे हुने दोश्रो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम आमने सामने हुनेछन्। प्रतियोगिताको सबै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा खेलाइने छ।
प्रतियोगिताको समूह बिभाजन यसप्रकार छ:
समूह ‘ए’:
झापा एघार एफ.सी.
नेपाल एपीएफ क्लब
सरस्वति युवा क्लब
च्यासल युवा क्लब
समूह ‘बि’:
त्रिभुवन आर्मी क्लब
फ्रेन्ड्स क्लब
लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी
सुदूरपश्चिमांचल फुटबल
समूह ‘सी’:
जगदम्बा लुम्बिनी क्लब
जावलाखेल युवा क्लब
हिमालयन शेर्पा क्लब
न्यु रोड टिम
समूह ‘डी’:
सिएमजी संकटा
नेपाल पुलिस क्लब
ब्रिगेड ब्वाइज क्लब
मोरङ एफसी
प्रतियोगिताको खेल तालिका:
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]