8 years ago
May 26, 2017
एजेन्सी – प्रशिक्षक जोकिम लोले अर्को महिनाबाट सुरु हुने फिफा कन्फेडेरेसन कपको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। विश्वकप विजेता टोलीका अधिकांश सदस्यहरुलाई अर्को वर्ष हुने विश्वकपका लागि मध्यनजर गर्दै विश्राम दिइएको जर्मन फुटबल फेडेरेसनले जनाएको छ।
आर्सनलका मेसुट ओजिलसँगै युभेन्टसका सामी खेडिरा, बोरुसिया डर्टमुण्डका मारको रीउस, जुलियन वाइगल लगायतका खेलाडीहरुले विश्राम पाएका हुन्। बायर्न म्युनिखबाट खेल्दै आएका थोमस मुलर, म्याट्स हमल्स, जेरम बोटेङ र म्यनुएल नोएरपनि टोलीमा परेका छैनन्। रियल म्याड्रिडबाट खेल्दै आएका मिडफिल्डर टोनी क्रुसलाई पनि विश्राम दिइएको छ।
यद्दपी प्रिमिएर लिगमा खेलिरहेका म्यानचेस्टर सिटिका लेरोए साने, आर्सनलका स्कोडरान मुस्ताफी र लिभरपुलका एम्रे च्यान भने टोलीमा परेका छन्।
पूर्ण टोली:
गोलरक्षक: बर्न्ड लेनो, मार्क आन्द्रे टर स्टेगन, केभिन ट्रयाप
डिफेन्डर: माथियास जिन्टर, जोनास हेक्टर, बेन्जामिन हेन्रिक्स, जोसुआ किम्मिच, स्कोडरान मुस्ताफी, मार्भिन प्लाटेनहार्ट, एन्टोनियो रुडीगर, निकलस सुल
मिडफिल्डर: जुलियन ब्रान्ट, एम्रे च्यान, केरेम डेमिरबे, डिएगो डेम्म, जुलियन ड्रयाक्स्लर, लिओन गोरेट्जका, सबास्टिएन रुडी, लेरोए सानेम अमिन युनेस
फरवार्ड:लार्स स्टिन्डल, स्यान्ड्रो वाग्नर, टिमो वेर्नर
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]