default_image

8 years ago

May 26, 2017

रोनाल्डो पोर्चुगलको टोलीमा समेटीए

116 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक फर्नान्डो सान्टोसले अर्को महिने हुने पोर्चुगलका अन्तर्राष्ट्रिय खेलहरुका लागि २४ सदस्यीय टोली घोषणा गरेका छन्। पोर्चुगलले रसियामा हुने कन्फेडेरेसन कपका साथसाथै साइप्रससँग मैत्रीपूर्ण खेल र लाट्भीयासँग विश्वकप छनोट अन्तर्गतको खेल खेल्दैछ।

रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी रेनाटो स्यान्चेस परेनन्कन्फेडेरेसन कपका लागि जर्मनीली आफ्नो स्टार खेलाडीलाई विश्राम दिएर युवा खेलाडीलाई प्राथमिकता दिएको छ।

पोर्चुगलको टोलीमा नानी, पेपे, रिकार्डो करेज्मा, जोआओ मौटिन्हो, ब्रुनो आल्भेस, रुइ प्याट्रीसियो, लगायतका सिनियर खेलाडीको पनि उपस्थिति रहनेछ। बार्सिलोनाका आन्द्रे गोमेस, इन्टर मिलानका जोआओ मारियो र मोनाकोका बर्नार्डो सिल्भा पनि टोलीमा अटाएका छन्।

जुन १७ बाट सुरु हुने कन्फेडेरेसन कपको समूह ‘ए’मा रहेको पोर्चुगलले आयोजक रसियासँगै मेक्सिको र न्युजील्याण्डको सामना गर्नेछ

पूर्ण टोली:

गोलरक्षक: बेटो, जोसे सा, रुइ प्याट्रीसियो

डिफेन्डर: ब्रुनो आल्भेस, सेड्रिक सोआरेस, एलिसेउ, जोसे फोन्ट, लुइस नेटो, नेल्सन सेमेडो, पेपे, राफेल गुरेरो

मिडफिल्डर: एड्रीएन सिल्भा, आन्द्रे गोमेस, ड्यानिलो परेरा, जोआओ मरियो, जोआओ मौटिन्हो, पिज्जी, विलियम कार्भाल्हो

फरवार्ड: आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, जेल्सन मार्टिन्स, नानी, रिकार्डो करेज्मा

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

March 9, 2025

बगान युथ बुट्टाबारी च्यालेन्ज कप फाइनलमा

हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]

Success

Thank you for your time.