8 years ago
May 25, 2017
एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान एवं सर्वाधिक गोलकर्ता वायन रुनी आगामी महिना हुने विश्वकप छनोटको लागि घोषणा गरिएको टोलीबाट बाहिरिएका छन्। इङ्गल्याण्डले अर्को महिना फ्रान्ससँग मैत्रीपूर्ण खेल र रसियासँग विश्वकप छनोटको खेल खेल्दैछ।
३१ वर्षीय फरवार्ड रुनी हाल म्यानचेस्टर युनाइटेडको नियमित खेलाडी नरहेकाले उनले टोलीमा स्थान बनाउन नसकेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन्। रुनीले हालसम्म इङ्गल्याण्डका लागि ११९ खेल खेल्दै ५३ गोल गरिसकेका छन्।
उनको अनुपस्थितिमा प्रशिक्षक साउथगेटले ४ फरवार्डलाई टोलीमा समेटेका छन्। टोटेनहमका ह्यारी केन र लेस्टरका जेमी भार्डीसँगै युनाइटेडका मार्कस र्यास्फर्ड र सन्डरल्याण्डका जर्मेन डेफो टोलीमा अटाएका छन्।
पूर्ण टोली:
गोलरक्षक: ज्याक बटल्याण्ड, जो हार्ट, फ्रेजर फ्रोस्टर, टम हिटन
डिफेन्डर: रायन बर्टर्यान्ड, ग्यारी केहिल, नाथानीएल क्लाइन, आरोन क्रेस्वेल, बेन गिब्सन, फिल जोन्स, क्रिस स्मलीङ, जोन स्टोन्स, कीरन ट्रीपिएर, काइल वाल्कर
मिडफिल्डर: एरिक डायर, एडम लाल्लाना, जेक लिभरमोर, डेले अलि, जेसे लिङगार्ड, अलेक्स अक्स्लेड चेम्बरलिन, रहिम स्टरलिङ
फरवार्ड: ह्यारी केन, जेमी भार्डी, मार्कस र्यास्फर्ड, जर्मेन डेफ
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]