default_image

7 years ago

May 25, 2017

मध्यपुरले होम एण्ड अवे ग्रासरुट फुटबल लिग आयोजना गर्ने

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर युथ एसोसिएसनले होम एण्ड अवे पद्दतिको आधारमा पहिलोपटक ग्रासरुट फुटबल लिग आयोजना गर्ने भएको छ । होम एण्ड अवे ग्रासरुट फुटबल लिग मध्यपुर युथ एसोसिएसनको खेलमैदानमा जेठ १३ गते शनिबारबाट शुरु हुदैछ ।

आयोजक मध्यपुरले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सबै बालबालिकासबैहरुले धेरैभन्दा धेरै फुटबल खेलोस भन्नै उद्देश्यले पहिलोपटक यस्तो खालको प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘अहिले एन्फा एकेडेमीले ग्रासरुटको कार्यक्रम गर्दै आएको छ । हामीले पनि ग्रासरुटको कार्यक्रमलाई एक वर्ष अघिबाट निरन्तरता दिएका छौं ।’ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले भने, ‘फुटबललाई बिकास गर्ने हो भने अब पनि एन्फाको मात्रै भर पर्नुहुदैन भनेर नै हामीले दीर्घकालीन रुपमा लिग गर्ने गरी होम अवे लिगको थालनी गरेका हौं ।’ यस्तै अध्यक्ष सिंहले अरु जिल्ला र क्लबहरुले यस्तै खालको लिग आयोजना गर्न आग्रह गरे । लिग दौरान खेलाडी घाइते भए क्लबले एक लाखसम्म बेहोर्ने र त्यसभन्दा माथि भने अभिभावक र स्कुलले उपचार खर्च बेहोर्नुपर्ने अध्यक्ष उपेन्द्रमान सिंहले बताए । प्रतियोगिता दुई विधामा हुनेछ ।

प्रतियोगितामा ८ देखि १० वर्ष र ११ वर्षदेखि १३ वर्षसम्मको गरी दुई समूह बनाइएको छ । दुवै उमेर समुहमा १६ टिमको सहभागिता रहेको छ । करिव ८ महिना सम्म चल्ने प्रतियोगितामा विभिन्न १६ एकेडेमी र स्कुलले सहभागिता जनाएको छ । लिगका खेलहरु हरेक शनिबार हुनेछ । होम अवे लिगमा ३० खेल हुनेछ । लिगमा एकै दिन १६ खेल हुनेछ ।

सहभागी स्कुलहरु:

१. मध्यपुर युथ एसोसिएसन २.एभेरेष्ट इंग्लिस एकेडेमी ३.ग्रासरुट फुटबल एकेडेमी ४. आदर्श जनप्रेमी उच्च माध्यमिक विद्यालय ५.नेक्सस इन्टरनेशनल एकेडेमी ६. भक्तपुर इंग्लिस स्कुल ७. राजश्री गुरुकुल स्कुल ८.विनायक शिक्षा निकेतन स्कुल ९.ग्ल्याड स्कुल एकेडेमी १०. गोल्डेन सुनगाभा इंग्लिस स्कुल ११.नौलो सुनगाभा इंग्लिस स्कुल १२. मेरी गोल्ड इंग्लिस स्कुल १३. सिभिएम स्कुल १४. भक्तपुर निष्ट स्कुल १५. एक्टिभ इंग्लिस स्कुल १६. ओम ज्ञान मन्दिर स्कुल

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

Success

Thank you for your time.