default_image

8 years ago

May 24, 2017

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

79 views

0 Bookmark

सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच आज भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण  खेलमा नेपाल ४-१ले पराजित भएको छ। पहिलो खेलमा १-१को बराबरी खेलेको नेपालले दुवै हाफमा २/२ गोल खाएको थियो भने दोश्रो हाफको अन्तिम समयमा सान्त्वना गोल फर्काएको थियो।

nepal vs malaysia second friendly

खेलको सुरुआती समयमै सम्हालिन नसक्दा नेपालले दोश्रो मिनेटमा गोल खाँदै खेलमा पछि परेको थियो।  मलेसियाका लागि सेराईलिन एलि पियुसले गोल गर्दै आग्रता दिलाएकी थिइन्। खेलको ४२औ मिनेटमा नुराथिरहले गोल गर्दै मलेसियाको आग्रता दोब्बर परेकी थिइन्।

पहिलो हाफमा दबावमा परेको नेपाली टोलीले दोस्रो हाफमा पनि राम्रो सुरुआत गर्न सकेन। दोस्रो हाफको ९औ मिनेटमा सेराईलिनले व्यक्तिगत दोस्रो गोल गर्दै मलेसियालाई ३-०को अग्रता दिलाएकी थिइन्। खेलको ८२औं मिनेटमा कप्तान सजना रानाले गोल गर्दै खेललाई ३-१को अवस्थामा ल्याएकी थिईन। तर त्यसको ५ मिनेट पछि नै नोरालिसाले गोल गर्दै मलेसियालाई फेरी ३ गोलले अगाडी बढाइन।

दुइ खेलको शृंखलामा १ जित र १ हार व्येहोरेको नेपाल भोलि स्वदेश  फिर्ता हुँदैछ।

 

 

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.