8 years ago
May 24, 2017
एजेन्सी – युरोपा लिगको फाइनल खेलमा इङ्गलिस टोली म्यानचेस्टर युनाइटेड र डच टोली आयाक्स एम्स्टरड्याम फाइनलमा भिड्दैछन्। यसैक्रममा म्यानचेस्टर युनाइटेडका दिग्गज गोलकिपर एडविन भ्यान डर सारले भने आफुले फाइनल खेलमा आयाक्सको समर्थन गर्ने बताएका छन्।
म्यानचेस्टर क्लबका लागि तिन च्याम्पियन्स लिग फाइनल खेलेका भ्यान डर सारले क्लबलाई सन् २००८मा उपाधि दिलाएका थिए। उनकै पेनाल्टी बचाऊसँगै युनाइटेडले त्यस समय उपाधि जितेको थियो। उनले सन् २००९ र २०११को फाइनलमा भने बार्सिलोनासँग पराजय भोगेका थिए। उनले ६ वर्ष युनाइटेडमा बिताउँदा घरेलु लिग र लिग कपको उपाधि पनि जितेका थिए।
आफ्नो करियरको सुरुवात आयाक्सबाट गरेका उनले डच क्लबबाट पनि च्याम्पियन्स लिग र लिग उपाधि जितेका थिए। खेलाडीका रुपमा ९ वर्ष नेदरल्याण्डमा रहेर उनले ४ लिग उपाधि जितेका थिए।
हाल उनि क्लबका प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओ) पनि रहेका छन्। उनले दुवै क्लब आफ्नो नजिको क्लब रहेपनि आफ्नो समर्थन भने आयाक्सलाई नै जाने बताएका हुन्।
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]