default_image

8 years ago

May 24, 2017

नेयमार पछिका महँगा ब्राजिलियन युवा खेलाडी रियलमा आबद्ध

114 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – ब्राजिलको फ्लामेङ्गोबाट रियल म्याड्रिडले १६ वर्षीय भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने रियले औपचारिक घोषणा गरेको छ ।

vinicus

१६ वर्षका भिनिसियसलाई जुलाईमा अनुबन्ध गर्ने पक्का गरेपनि केहि समय उनि फ्लामेङ्गोमा नै रहनेछन ।  २०१९ पछिको जुलाईमा मात्र उनि म्याड्रिडबाट खेल्नेछन् । १८ वर्ष पुगेपछि मात्र उनले रियलको जर्सी लगाएर मैदानमा उत्रनेछन्। तर, रियलले चाहेको खण्डमा उनि त्यो भन्दा चाडै पनि स्पेन आउन सक्नेछन्।

रियलले भिकिकसलाई आबद्ध गर्न करिब ३८ मिलियन पाउण्ड खर्चिएको छ । भिनिसियस नेयमारपछिका सबैभन्दा महँगा ब्राजिलियन लिगबाट ट्रान्सफर हुने युवा खेलाडी पनि बनेका छन् ।

चिलीमा दक्षिण अमेरिकी राष्ट्रियहरुको यु-१७ प्रतियोगितामा ७ गोल गर्दै सबै भन्दा धेरै गोल गरेका भिनिसीसले यसै मे महिनामा फ्लामेङ्गोबाट आफ्नो पहिलो खेल खेलेका थिए ।

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.