default_image

8 years ago

May 23, 2017

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने

122 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीच आगामी जेठ २३ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने पक्का भएको छ भारतको मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गर्ने बताएको छ

स्टार स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रसारण गर्ने पक्का भएसंगै त्यसै कम्पनिको डिजिटल एप हटस्टारले पनि सो खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। स्टार स्पोर्ट्सले भारतका अन्य अन्तर्राष्ट्रिय खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने सम्झौता गरेको छ।

January 19, 2025

लिभरपुलको‌ जित, आर्सनल रोकियो

एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को‌ बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]

January 19, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोन नजिकको गेटाफेसँग बराबरीमा रोकिएको छ । बार्सिलोना शनिवार गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले गोल गरे । खेलमा अग्रता बार्सिलोनाले लियो । नवौं मिनेटमा काउन्डेले गोल गरे। ३४औं मिनेटमा गेटाफेका अराम्बारीले गोल […]

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

Success

Thank you for your time.