8 years ago
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भोली घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मलेसियाबीचको सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । प्रशिक्षक कुमार थापा अघिल्लो खेलकै पहिलो रोजाईलाई उतार्ने तयारीमा छन् ।
पहिलो खेलमा १–० ले पछि परेको नेपालले ६७ औं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको थियो । सावित्रा भण्डारीले गोल खाएको तिन मिनेटमै बराबरी गोल गरेकी थिइन् । सावित्राकै गोलमा नेपालले ५ महिनाअघि एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा मलेसियालाई १–० ले हराएको थियो ।
युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए । मलेसियन खेलाडीले फिजिकल्ली खेले,’ थापाले हाम्रो खेलकुद डट कमसँग भने,‘ तर २० मिनेटपछि हाम्रो टोलीले स्वभाविक प्रदर्शन गर्दै लय समात्यो । मलाई विश्वास छ दोस्रो खेलमा प्रदर्शन सुधारिनेछ ।’ दोस्रो खेलको पहिलो रोजाईका बारेमा उनले थपे,‘हामी पुरानै ११ बाट सुरु गर्नेछौं । सम्भवतः दोस्रो हाफमा केही खेलाडी परिवर्तन गरिनेछ ।’
खेल मलेसियाको स्थानिय समय अनुसार ३ः४५मा सुरु हुने थापाले जानकारी दिए ।
नेपालको सम्भावित पहिलो रोजाई:
एन्जिला सुब्बा (गोलकिपर), सजना राना (कप्तान), पुनम जर्घा मगर, हिरा कुमारी, गिता राना, सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बु , अञ्जली कुमारी, दिपा राई
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]