8 years ago
May 23, 2017
एजेन्सी – स्पेनिस ला लिगा सम्पन्न भएसँगै यस सिजनको सर्वाधिक गोलकर्ताले पाउने पिचिची अवार्डको पनि टुंगो लागेको छ। बार्सिलोनाका स्तर फरवार्ड लियोनेल मेस्सीले यस सिजनमा ३७ गोल गर्दै चौथोपटक अवार्ड हात पारेका छन्।
गत सिजनका उपाधि विजेता लुइस सुआरेजभन्दा ८ गोल बढी प्रहार गरेका मेस्सीले पछिल्लो पटक २०१२/१३ सिजनमा यस उपाधि जितेका थिए। लिग अन्तर्गत अन्तिम चरणको खेलमा पेनाल्टी मिस गरेका मेस्सीले थप २ गोल गरेपछि यस सिजनमा ३७ गोल गरेका थिए। २९ गोल गरेका लुइस सुआरेज दोश्रो स्थानमा रहे भने तेश्रो स्थानमा २५ गोल गरेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो रहेका छन्।
मेस्सीको यस उपाधिसँगै पछिल्ला सात सिजनमा उपाधि जित्ने खेलाडीले औसतमा प्रत्यक खेल कम्तिमा १ गोल गरेको इतिहस रहेको छ। मेस्सीको यो रेकर्डले उनले युरोपियन गोल्डेन बुट जित्ने सम्भावना पनि बढेर गएको छ। यद्दपी यसका लागि उनले युरोपको सिजन अन्त्यसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ।
चौथो पिचिची उपाधि हात पारेसँगै मेस्सिले रियल म्याड्रिडका फेरेन्च पुस्काससँग बराबरी गरेका छन्। यद्दपी ५ पटक उपाधि जितेका रियलकै पूर्व खेलाडी ह्युगो स्यान्चेज, बार्साका क्विनी र अल्फ्रेडो डी स्टेफानो संयुक्त रुपमा दोश्रो स्थानमा छन्। ६ पटक पिचिचीजितेका टेल्मो जारा शीर्षस्थानमा रहेका छन्।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]