default_image

8 years ago

May 22, 2017

युरोपको शीर्ष पाँच लिगमा के-के भयो?

104 views

0 Bookmark

एजेन्सी – युरोपको फुटबल सिजनको अन्त्यसँगै शीर्ष पाँच लिगले आ-आफ्नो च्याम्पियन टोली पाएको छ। इटालीमा अन्तिम चरणको खेल बाहेक अन्य सबै लिगका खेलहरु समाप्त भइसकेको अवस्था छ।

इङ्गल्याण्डमा चेल्सीले गत वर्ष को बिर्सनलायक प्रदर्शनलाई बिर्साउँदै लिग उपाधि जित्यो भने इटालीमा युभेन्टस र जर्मनीमा बायर्नको दबदबा कायमै रह्यो। फ्रान्समा पीएसजीको राज मोनाकोले तोड्दा रियल म्याड्रिडले अन्तिम चरणको खेलमा जित हात पार्दै बार्सिलोनाको उपाधि खोस्यो।

प्रस्तुत छ युरोपका शीर्ष ५ लिगका विजेता, च्याम्पियन्स लिगमा पुग्न सफल टोली र घटुवा भएका टोलीहरुको विवरण:

स्पेनिस ला लिगा

विजेता: रियल म्याड्रिड
च्याम्पियन्स लिग: बार्सिलोना, एटलेटिको म्याड्रिड, सेभिल्ला
युरोपा लिग: भिल्लारीयाल, रियल सोसिडाड
रेलिगेसन: ग्रानाडा, ओसासुना, स्पोर्टीङ गिहोन
बढुवा: लेभान्ते

जर्मन बुन्डेस्लिगा

विजेता: बायर्न म्युनिख
च्याम्पियन्स लिग: आर.बि. लेप्जिग, बोरुसिया डर्टमुण्ड, हफेनहाइम
युरोपा लिग: कोलन, हर्था बर्लिन
रेलिगेसन: डार्मस्टाट, इन्गोलस्टाट
बढुवा:स्टुटगार्ट, ह्यानोभर
वल्फ्सबर्ग र आइनट्रयाक्ट ब्राउन्सवाइगको विजेताले बुन्डेस्लिगा खेल्नेछ

इङ्गलिस् प्रिमियर लिग

विजेता: चेल्सी
च्याम्पियन्स लिग: टोटेनहम, म्यानचेस्टर सिटि, लिभरपुल
युरोपा लिग: आर्सनल, एभर्टन, म्यानचेस्टर युनाइटेड*
रेलिगेसन: सन्डरल्याण्ड, मिडल्सब्रो, हल सिटि
बढुवा:न्युकासल युनाइटेड, ब्राइटन
*म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनल जितेमा च्याम्पियन्स लिगको लागि छनोट हुनेछ

इटालियन सेरी ‘ए’

विजेता: युभेन्टस
च्याम्पियन्स लिग: रोमा, नेपाली
युरोपा लिग: लाजियो, अटालान्टा, एसी मिलान
रेलिगेसन: पेस्कारा, पालेर्मो
बढुवा: एस.पी.ए.एल, भेरोना

फ्रेन्च लिग वन

विजेता: ए.एस. मोनाको
च्याम्पियन्स लिग: पी.एस.जी, निस
युरोपा लिग: लियोन, मार्से
रेलिगेसन: बास्टिया, न्यान्सी
बढुवा: स्ट्रासबोर्ग, अमिएन्स
लोरिएन्ट र ट्रोयेको विजेताले लिग वन खेल्न पाउनेछ

January 19, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोननजिक रहेको गेटाफेसँग बराबरीमा रोकिएको छ । आइतवार बिहान भएको खेलमा बार्सिलोना गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि काउन्डेले गोल गरे । घरेलु टोलीका लागि मौरो अराम्बारीले गोल गरे । खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो । खेलको नवौं […]

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

Success

Thank you for your time.