8 years ago
May 22, 2017
एजेन्सी – इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबारको खेलमा क्रोटोनेलाई ३-०ले पराजित गर्दै युभेन्टसले लगातार छैठौं पटक इटालियन लिगको उपाधि जितेको छ।
मारियो मान्जुकिचको १२औं मिनेटको गोलले खेलमा अग्रता लिएको युभेन्टसले पहिलो हाफको अन्त्यतिर पाउलो डीबालाको फ्रिकिकको मद्दतले अग्रता दोब्बर पार्यो। खेलको अन्त्यतिर एलेक्स स्यान्ड्रोले गोल गर्दै युभेन्टसको जित सुनिश्चित पारेका थिए।
यस जितसँगै युभेन्टसले दोश्रो स्थानको रोमसँग ४ अंकको अग्रता बनाएको हो। गतसाता रोमाले युभेन्टसलाई पराजित गरेपछि लिगको छिनोफानो एक साता लम्बिएको थियो। युभेन्टसले हाल लिगको ३७ खेलमा २८ जित, ४ बराबरी र ५ हारसहित कुल ८८ अंक जोडेको छ भने रोमको ८४ अंक रहेको छ।
यसै साता लाजियोलाई पराजित गर्दै इटालियन कप जितेको युभेन्टसलाई अर्को महिना हुने च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडलाई पराजित गर्दै तेहेरो उपाधि हात पार्ने अवसर जुरेको छ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]